Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

राजावादीले आज आन्दोलनको घोषणा गर्दै


काठमाडौँ । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यको माग सहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिले आज (बिहीबार) आन्दोलनको घोषणा गर्दैछ ।

काठमाडौंको सुकेधारास्थित दिउँसो १ बजे नवदुर्गा पार्टी प्यालेसमा हुने घोषणासभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका केशरबहादुर बिष्ट, नेपाली काङ्ग्रेस (वीपी)का सुशीलमान शेरचन, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत लगायत हिन्दूवादीलगायत ५० बढी संघसंस्थाको सहभागिता रहने बताइएको छ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनका क्रममा पक्राउ परेकाहरुको रिहाइको माग गर्दै राजावादी दल तथा विभिन्न संघसंगठनले माग गर्दै आएका छन् ।

संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यको माग गर्दै राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समिति, राप्रपा, राप्रपा नेपाललगायतले छुट्टाछुट्टै तथा संयुक्त आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।


प्रकाशित मिति: २५ बैशाख २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?