Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
२ माघ २०८२, शुक्रबार
२ माघ २०८२, शुक्रबार

राजनीतिक परिवर्तनमा पत्रकारको भुमिका महत्वपूर्णः राष्ट्रपति


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षित र जोखिममुक्त वातावरणमा पत्रकारिताको विकासतर्फ सबैको ध्यान जानुपर्ने बताएका छन् ।

बुधवार राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा राष्ट्रपति निवास शितल निवासमा आयोजति कार्यक्रमलाई सम्बोधन गर्दे उनले सत्य तथ्य समाचारको माध्यमबाट जनतालाई सजग बनाउनु जिम्मेवार सञ्चारकर्मको दायित्व भएको बताएका छन् । उनले नेपालको राजनीतिक परिवर्तनमा पत्रकारले खेलेको भुमिका महत्वपूर्ण भएको बताउदै स्वतन्त्र र निष्पक्ष पत्रकारिता भएन भने लोकतन्त्र पनि बलियो बन्न नसक्ने उनको भनाइ छ । उनले राष्ट्र निर्माणका लागि पत्रकारिता सशक्त र प्रभावकारी माध्यम भएको बताएका छन् । उनले संविधानको मर्म अनुसार सञ्चारकर्ममा पत्रकार सजग र सचेत बन्नुपर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायतका अवनेक परिवर्तनहरुमा नेपाली पत्रकार जगतले खेलेको भूमिका उल्लेखनीय रहँदै आएको छ । पत्रकारिता परिवर्तनको वाहक र राष्ट्र निर्माणको एउटा सशक्त र प्रभावकारी माध्यम हो । स्वतन्त्र, निष्पक्ष र तठस्थ पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त हो भने स्वतन्त्र र निश्पक्ष पत्रकारिताबिना लोकतन्त्रको कल्पना गर्न सकिदैन । त्यही भएर हाम्रो संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभुत गरेको हो । संविधानको यो मर्म र भावनाअनुसार पत्रकारलाई निर्वाध र स्वतन्त्रता पूर्वक समाचार संप्रेसन गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो । यसैगरी सत्यतथ्य समाचार संप्रेषण गरेर जनतालाई सुसुचित गर्नु जिम्मेवार प्रेसको धर्म हो । यसतर्फ नेपाली प्रेस सदैव सजग र चनाखो हुने नै छ भन्ने विश्वास लिएको छु । समाचार लेखेकै आधारमा पत्रकार असुरिक्ष हुने अवस्थाको अन्त्य हुनु पर्छ । सुरक्षित र जोखिममुक्त वातावरणमा समाचार संकलन र संप्रेसन गर्ने अवस्थाको सुनिश्चिततातर्फ हामी सबैको ध्यान जानु आवश्यक छ ।’

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक पत्रकारितले समाजमा भ्रम सिर्जनामा अग्रसर भएको बताउदै सूचना प्रविधिको विकास र सामाजिक सञ्जालको प्रयोगमार्फत मिथ्या सूचना संप्रेषण हुनसक्ने भन्दै सजग हुनपर्नेमा जोड दिएका छन् । सामाजिक सञ्जालमा संप्रेसन भएका सामग्रीबाट आमसर्वसाधारणमा पार्नसक्ने भ्रमलाई चिरेर सही सूचना संप्रेषण गर्नु पत्रकारका लागि चुनौती भएको उनको भनाइ छ ।

उनले भने, ‘सूचना प्रविधिको विकाससँगै बढ्दो सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको प्रयोगले आधारहिन र मिध्या सूचना संप्रेषणबाट जनतालाई दिग्भ्रमित पार्नसक्ने खतराको सामना गर्नु वर्तमान सञ्चारमाध्यमसामु थपिएको चुनौती हो । ’

राष्ट्रपति पौडेलले पत्रकारिता क्षेत्रले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाई जनअपेक्षा अनुसार सुशासन तथा समृद्धिमा सकारात्मक र रचनात्मक भुमिका खेल्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?