Trending
>>   नेपाली जनताले जनमतमार्फत अराजकता र अस्थिरतालाई अस्वीकार गर्नेछन्ः महासचिव पोखरेल >>   निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे >>   प्रधानमन्त्री कार्कीले गरिन् मतदान >>   कसैको बहुमत आउँदैन : प्रचण्ड >>   फागुन २५ भित्रमा प्रत्यक्ष र समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिसक्छौँ : रामप्रसाद भण्डारी >>   देशभर मतदान शुरु >>   नेपालको पर्यटन प्रवर्द्धन गर्न जर्मनीमा “नेपाल साँझ” (फोटो फिचर) >>   मतदानस्थलको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा (फोटो फिचर) >>   निर्धक्क भएर मतदान गर्न आयुक्त भण्डारीको आह्वान >>   फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल
Logo
२१ फाल्गुन २०८२, बिहीबार
२१ फाल्गुन २०८२, बिहीबार

राजनीतिक परिवर्तनमा पत्रकारको भुमिका महत्वपूर्णः राष्ट्रपति


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षित र जोखिममुक्त वातावरणमा पत्रकारिताको विकासतर्फ सबैको ध्यान जानुपर्ने बताएका छन् ।

बुधवार राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा राष्ट्रपति निवास शितल निवासमा आयोजति कार्यक्रमलाई सम्बोधन गर्दे उनले सत्य तथ्य समाचारको माध्यमबाट जनतालाई सजग बनाउनु जिम्मेवार सञ्चारकर्मको दायित्व भएको बताएका छन् । उनले नेपालको राजनीतिक परिवर्तनमा पत्रकारले खेलेको भुमिका महत्वपूर्ण भएको बताउदै स्वतन्त्र र निष्पक्ष पत्रकारिता भएन भने लोकतन्त्र पनि बलियो बन्न नसक्ने उनको भनाइ छ । उनले राष्ट्र निर्माणका लागि पत्रकारिता सशक्त र प्रभावकारी माध्यम भएको बताएका छन् । उनले संविधानको मर्म अनुसार सञ्चारकर्ममा पत्रकार सजग र सचेत बन्नुपर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायतका अवनेक परिवर्तनहरुमा नेपाली पत्रकार जगतले खेलेको भूमिका उल्लेखनीय रहँदै आएको छ । पत्रकारिता परिवर्तनको वाहक र राष्ट्र निर्माणको एउटा सशक्त र प्रभावकारी माध्यम हो । स्वतन्त्र, निष्पक्ष र तठस्थ पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त हो भने स्वतन्त्र र निश्पक्ष पत्रकारिताबिना लोकतन्त्रको कल्पना गर्न सकिदैन । त्यही भएर हाम्रो संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभुत गरेको हो । संविधानको यो मर्म र भावनाअनुसार पत्रकारलाई निर्वाध र स्वतन्त्रता पूर्वक समाचार संप्रेसन गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो । यसैगरी सत्यतथ्य समाचार संप्रेषण गरेर जनतालाई सुसुचित गर्नु जिम्मेवार प्रेसको धर्म हो । यसतर्फ नेपाली प्रेस सदैव सजग र चनाखो हुने नै छ भन्ने विश्वास लिएको छु । समाचार लेखेकै आधारमा पत्रकार असुरिक्ष हुने अवस्थाको अन्त्य हुनु पर्छ । सुरक्षित र जोखिममुक्त वातावरणमा समाचार संकलन र संप्रेसन गर्ने अवस्थाको सुनिश्चिततातर्फ हामी सबैको ध्यान जानु आवश्यक छ ।’

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक पत्रकारितले समाजमा भ्रम सिर्जनामा अग्रसर भएको बताउदै सूचना प्रविधिको विकास र सामाजिक सञ्जालको प्रयोगमार्फत मिथ्या सूचना संप्रेषण हुनसक्ने भन्दै सजग हुनपर्नेमा जोड दिएका छन् । सामाजिक सञ्जालमा संप्रेसन भएका सामग्रीबाट आमसर्वसाधारणमा पार्नसक्ने भ्रमलाई चिरेर सही सूचना संप्रेषण गर्नु पत्रकारका लागि चुनौती भएको उनको भनाइ छ ।

उनले भने, ‘सूचना प्रविधिको विकाससँगै बढ्दो सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको प्रयोगले आधारहिन र मिध्या सूचना संप्रेषणबाट जनतालाई दिग्भ्रमित पार्नसक्ने खतराको सामना गर्नु वर्तमान सञ्चारमाध्यमसामु थपिएको चुनौती हो । ’

राष्ट्रपति पौडेलले पत्रकारिता क्षेत्रले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाई जनअपेक्षा अनुसार सुशासन तथा समृद्धिमा सकारात्मक र रचनात्मक भुमिका खेल्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?