Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

अहिले देखिएका सबै समस्यालाई सम्बोधन गर्नेगरी आमसञ्चार विधेयक ल्याइन्छः मन्त्री गुरुङ


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले देखिएका सबै समस्यालाई सम्बोधन गर्ने गरी आमसञ्चार विधेयक ल्याइने बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय पत्रकारिता दिवस, २०८२ को अवसरमा बुधवार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान– २०८१ कार्यक्रममा बोल्दै उनले आमसञ्चार विधेयक ड्राफ्टको क्रममा रहेको बताउँदै यसले सञ्चार क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिरहेको बताएका छन् । उनले पछिल्लो समय प्रिन्ट र बोडकास्टिङ मिडिया भन्दा अनलाइन मिडियामा धेरै समस्या देखिएको बताउदै सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको सामाजिक सञ्जाल ऐनलाई पेस गरिसकेको जानकारी दिएका छन् । यस्तै मिडिया काउन्सिल विधेयक पनि छलफलमा रहेको जिकिर गरेका छन् ।

उनले भने, “अहिले हामी यो क्षेत्रको कुराकानी गरिरहँदा हामी संक्रमणकालमा छौं जस्तो लाग्छ । प्रेस काउन्सिलले अहिलेको सबै समस्याको सम्बोधन हुन सकेन भनेर मिडिया काउन्सिल विधेयक संसद्मा पेश गरेर छलफलको क्रममा छ । अहिले प्रिन्ट मिडिया, बोडकास्टिङ मिडियाको भन्दा पनि धेरै समस्या अनलाइन मिडियाको भएको हुनाले यसको सोसल नेटवर्क सञ्चालन र प्रयोगकर्ताहरूको व्यवस्थापन र नियमन गर्नको लागि सोसल मिडिया प्लेटफर्म प्रयोग, सञ्चालन र नियमनको लागि विधेयक पनि हामीले पेस गरिसकेका छौं । त्यो राष्ट्रिय सभामा छलफलमा छ । आम सञ्चार विधेयकमा पनि हामी छलफलको क्रममा छौं । ड्राफ्ट पनि हुँदैछ । यसमा हामी अहिलेको सबै समस्याको सम्बोधन गर्ने ढङ्गले त्यसलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउन सकिन्छ भनेर लागिरहेका छौं ।”

उनले खतरनाक तरिकाले फैलिएको साइबर क्राइमलाई नियन्त्रण र र नियमन गर्नको लागि साइबर सुरक्षा ऐन प्रश्ताव गर्न लागिएको समेत बताएका छन्।


प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?