Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

अहिले देखिएका सबै समस्यालाई सम्बोधन गर्नेगरी आमसञ्चार विधेयक ल्याइन्छः मन्त्री गुरुङ


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले देखिएका सबै समस्यालाई सम्बोधन गर्ने गरी आमसञ्चार विधेयक ल्याइने बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय पत्रकारिता दिवस, २०८२ को अवसरमा बुधवार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान– २०८१ कार्यक्रममा बोल्दै उनले आमसञ्चार विधेयक ड्राफ्टको क्रममा रहेको बताउँदै यसले सञ्चार क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिरहेको बताएका छन् । उनले पछिल्लो समय प्रिन्ट र बोडकास्टिङ मिडिया भन्दा अनलाइन मिडियामा धेरै समस्या देखिएको बताउदै सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको सामाजिक सञ्जाल ऐनलाई पेस गरिसकेको जानकारी दिएका छन् । यस्तै मिडिया काउन्सिल विधेयक पनि छलफलमा रहेको जिकिर गरेका छन् ।

उनले भने, “अहिले हामी यो क्षेत्रको कुराकानी गरिरहँदा हामी संक्रमणकालमा छौं जस्तो लाग्छ । प्रेस काउन्सिलले अहिलेको सबै समस्याको सम्बोधन हुन सकेन भनेर मिडिया काउन्सिल विधेयक संसद्मा पेश गरेर छलफलको क्रममा छ । अहिले प्रिन्ट मिडिया, बोडकास्टिङ मिडियाको भन्दा पनि धेरै समस्या अनलाइन मिडियाको भएको हुनाले यसको सोसल नेटवर्क सञ्चालन र प्रयोगकर्ताहरूको व्यवस्थापन र नियमन गर्नको लागि सोसल मिडिया प्लेटफर्म प्रयोग, सञ्चालन र नियमनको लागि विधेयक पनि हामीले पेस गरिसकेका छौं । त्यो राष्ट्रिय सभामा छलफलमा छ । आम सञ्चार विधेयकमा पनि हामी छलफलको क्रममा छौं । ड्राफ्ट पनि हुँदैछ । यसमा हामी अहिलेको सबै समस्याको सम्बोधन गर्ने ढङ्गले त्यसलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउन सकिन्छ भनेर लागिरहेका छौं ।”

उनले खतरनाक तरिकाले फैलिएको साइबर क्राइमलाई नियन्त्रण र र नियमन गर्नको लागि साइबर सुरक्षा ऐन प्रश्ताव गर्न लागिएको समेत बताएका छन्।


प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?