Trending
>>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा >>   भारतमा चक्रवात ‘अर्नब’का कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो, ५७ हजार विस्थापित >>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

पुरातन शैली र नेतृत्व वाधक नबनिदिए मुलुक आफैं बन्छः विराजभक्त श्रेष्ठ


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकारले ल्याएको नीति तथा कार्यक्रममा कुनैपनि समस्याको समाधान दिन सक्नेगरी नआएको बताएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अब मुलुक पुरातन शैली र पुरातन नेतृत्वबाट बन्न नसक्ने भएकाले पुरातन शैली र पुरातन नेतृत्व बाधक नबनिदिए युवाहरुले नै देश बनाउने दाबी गरेका छन् । नीति तथा कार्यक्रममा नीति र कार्यक्रम छुट्याउन नसक्ने गरी आएको आरोप लगाउँदै उनले कार्यान्वयनको कमजोर श्रृंखला कायमै रहेको बताएका छन् । साथै, नीति तथा कार्यक्रममा आजको युवाको सोच र स्वभावसँग मेल खाने कुनैपनि प्ररकारको कार्यक्रम रहेको दाबी गरेका छन् । नीति तथा कार्यक्रम यथास्थितिको निरन्तरतामात्रै भएको र नीति तथा कार्यक्रममा दूरदृष्टि र आत्मनिर्भरताको अभाव देखिएको आरोप लगाएका छन् ।

उनले भने, ‘यो देश पुरातन शैलीबाट पुरातन नेतृत्वबाट बन्छ भन्ने लाग्दैन । नबिगारिदिए पुग्छ । युवाहरु आफैंले बनाउँछन् वाधक नबनिदिएपनि युवाहरु आफैंले बनाउँछन् । यसमा नीति के हो कार्यक्रम के हो भन्ने छुट्याउन सकिएन । यथास्थितिको निरन्तरतामात्रै हो यसले नविनता सापेक्षताको अभाव छ । आर्थिक मन्दीलाई सम्बोधन गर्ने, युवा पुस्ता र भविष्यप्रति सरकार बेखबर भएको देखियो, सतही रुपमा नीति तथा कार्यक्रम आयो । दूरदृष्टि र आत्मनिर्भरताको अभाव देखियो । स्पष्ट खाका केही देखिएन । कार्यान्वयनको कमजोर श्रृंखला भयो यो जहिले पनि आर्थिक वर्षको अन्त्यमा विकास निर्माण गर्ने परिपाटीको पनि अन्त्य हुन सकेन । खर्च गर्नसक्ने क्षमतापनि सरकारसँग छैन । खर्च गर्ने प्रणाली बनाउन सक्नुपर्छ । आजको युवाको सोचलाई आवश्यकता र विश्वसँग मेलखाने कुनैपनि विषय समेटिएको छैन ।’

उनले प्राकृतिक विपत्तिका विषयमा छलफल र चिन्ता गरिने तर त्यसको पूर्व तयारीको अभाव रहेको समेत बताएका छन् ।


प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?