Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
३ चैत्र २०८२, मंगलवार
३ चैत्र २०८२, मंगलवार

पुरातन शैली र नेतृत्व वाधक नबनिदिए मुलुक आफैं बन्छः विराजभक्त श्रेष्ठ


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकारले ल्याएको नीति तथा कार्यक्रममा कुनैपनि समस्याको समाधान दिन सक्नेगरी नआएको बताएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अब मुलुक पुरातन शैली र पुरातन नेतृत्वबाट बन्न नसक्ने भएकाले पुरातन शैली र पुरातन नेतृत्व बाधक नबनिदिए युवाहरुले नै देश बनाउने दाबी गरेका छन् । नीति तथा कार्यक्रममा नीति र कार्यक्रम छुट्याउन नसक्ने गरी आएको आरोप लगाउँदै उनले कार्यान्वयनको कमजोर श्रृंखला कायमै रहेको बताएका छन् । साथै, नीति तथा कार्यक्रममा आजको युवाको सोच र स्वभावसँग मेल खाने कुनैपनि प्ररकारको कार्यक्रम रहेको दाबी गरेका छन् । नीति तथा कार्यक्रम यथास्थितिको निरन्तरतामात्रै भएको र नीति तथा कार्यक्रममा दूरदृष्टि र आत्मनिर्भरताको अभाव देखिएको आरोप लगाएका छन् ।

उनले भने, ‘यो देश पुरातन शैलीबाट पुरातन नेतृत्वबाट बन्छ भन्ने लाग्दैन । नबिगारिदिए पुग्छ । युवाहरु आफैंले बनाउँछन् वाधक नबनिदिएपनि युवाहरु आफैंले बनाउँछन् । यसमा नीति के हो कार्यक्रम के हो भन्ने छुट्याउन सकिएन । यथास्थितिको निरन्तरतामात्रै हो यसले नविनता सापेक्षताको अभाव छ । आर्थिक मन्दीलाई सम्बोधन गर्ने, युवा पुस्ता र भविष्यप्रति सरकार बेखबर भएको देखियो, सतही रुपमा नीति तथा कार्यक्रम आयो । दूरदृष्टि र आत्मनिर्भरताको अभाव देखियो । स्पष्ट खाका केही देखिएन । कार्यान्वयनको कमजोर श्रृंखला भयो यो जहिले पनि आर्थिक वर्षको अन्त्यमा विकास निर्माण गर्ने परिपाटीको पनि अन्त्य हुन सकेन । खर्च गर्नसक्ने क्षमतापनि सरकारसँग छैन । खर्च गर्ने प्रणाली बनाउन सक्नुपर्छ । आजको युवाको सोचलाई आवश्यकता र विश्वसँग मेलखाने कुनैपनि विषय समेटिएको छैन ।’

उनले प्राकृतिक विपत्तिका विषयमा छलफल र चिन्ता गरिने तर त्यसको पूर्व तयारीको अभाव रहेको समेत बताएका छन् ।


प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?