Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नभए पनि टिकाउन भने कठिनाइ : स्वास्थ्यमन्त्री पौडेल


काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नरहेको दाबी गरेका छन् ।

मंगलवार काठमाडौंमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नरहेको भन्दै टिकाउने कुरामा भने कठिनाइ रहेको बताएका छन् । उनले काठमाडौंभित्र स्वास्थ्य संस्थाहरुमा निर्वाह हुने जनशक्ति रहेको भएपनि काठमाडौं बाहिर भने जनशक्तिको पूर्ण रुपमा अभाव रहेको बताउदै संघीय अस्पतालमा नौ वटा दरबन्दी भएको ठाउँमा एक जना मात्रै चिकित्सक रहेको बताएका छन् । उनले जनशक्ति उत्पादन गर्ने, नेपालभित्रै टिकाउने, काठमाडौं बाहिर दूर दराजमा स्वास्थ्य सेवा उपलब्ध गराउनका निम्ति खटिने स्थिति बनाउन सक्नुपर्ने र त्यसका निम्ति उत्पादन प्रक्रियालाई सहज बनाउन जरुरी रहेको बताएका छन् ।

मन्त्री पौडेलले भने, ‘नेपालमा स्वास्थ्य जनशक्तिको अभाव छ भनेर भन्ने स्थिति छैन । तर टिक्ने कुरा असाध्यै मुस्किल छ । टिकाउने कुरा असाध्यै गाह्रो पनि रहेको छ । काठमाडौंभित्र स्वास्थ्य संस्थाहरुमा निर्वाह हुने जनशक्ति छ । तर काठमाडौं बाहिर जनशक्तिको पूर्ण रुपमा अभाव भएको स्थिति छ । संघीय अस्पतालमा नौ वटा दरबन्दी भएको ठाउँमा एक जना मात्रै हुनुहुन्छ । बाँकी यतै काठमाडौंतिरै भएको स्थिति छ । जनशक्ति उत्पादन गर्ने, नेपालभित्रै टिकाउने, काठमाडौं बाहिर दूर दराजमा स्वास्थ्य सेवा उपलब्ध गराउनका निम्ति खटिने स्थिति हामीले बनाउन सक्नुपर्छ । त्यसका निम्ति उत्पादन प्रक्रियालाई सहज बनाउन जरुरी छ । जनशक्ति उत्पादन कम खर्चिलो नागरिकको आर्थिक दायित्व नहुने राज्यको आवश्यकता भएको कारणले राज्यले लगानी गरेर उत्पादन गर्ने स्थिति हामीले बनाउन जरुरी छ । त्यो जनशक्तिलाई नेपालभित्रै टिकाउनको निम्ति प्रोत्साहित गर्न जरुरी छ ।’

मन्त्री पौडेलले सरकारले सात वटै प्रदेशमा क्यान्सर उपचार सेवा बिस्तार गरेको उल्लेख गर्दै सात वटै प्रदेशमा सरकारले प्रत्यारोपण सेवा बिस्तार गरिरहेको बताएका छन् । उनले राज्यले स्वास्थ्यमा प्राथमिकता निर्धारण गरेको भए ४ प्रतिशत लगानीले नपुग्ने उल्लेख गरेका छन् ।


प्रकाशित मिति: २३ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?