Trending
>>   सहजताको नाममा प्लाष्टिकको प्रयोग नगरौँः सभापति देउवा >>   प्रत्येक वर्ष बढ्दैछ रक्षाको बजेटः हतियार खरिददेखि सेनाको तलब भत्तामा ठूलो खर्च >>   राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सबै रोगको परीक्षण हुने वातावरण बनाउँदै छौँः स्वास्थ्यमन्त्री पौडेल >>   ‘राइड सेयरिङ’ सञ्चालन गर्ने गण्डकी सरकारको नियमावलीविरुद्ध यातायात व्यवसायी सडकमा >>   मधेसमा बालविवाहको अन्त्यका लागि कानून मात्रै पर्याप्त हुँदैनः मन्त्री सुडी >>   सहकारीबाट ९ खर्ब २३ अर्ब ४७ करोड कर्जा प्रवाह, वचतकर्ताको अझै अर्बौैं रकम उठेन >>   नेवार समुदायले मनाए शिथिः नखः पर्व >>   रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन गरिँदै >>   इजिप्ट, ट्युनिसिया र अल्जेरियाका विदेशमन्त्रीद्वारा लिबियामा तत्काल शान्ति कायम गर्न आह्वान >>   जनवरी–मार्च महिनामा भारतको कुल गार्हस्थ्य उत्पादन ७.४ प्रतिशतले बढ्यो
Logo
१८ जेष्ठ २०८२, आईतवार
१८ जेष्ठ २०८२, आईतवार

संविधान संशोधन गर्न सर्वदलीय समिति गठन गरौँः काँग्रेस उपसभापति गुरुङ


काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले संविधान संशोधनका लागि सर्वदलीय समिति गठन गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उपसभापति गुरुङले दश वर्षदेखि संविधान प्रयोगमा रहेको उल्लेख गर्दै अब पुनरावलोकन नभई संशोधनतर्फ लाग्नुपर्ने र सहमतिको बाटो अपनाउनुपर्ने र त्यसका लागि सर्वदलीय समिति गठन गर्नु उपयुक्त हुने बताएका छन् । उपसभापति गुरुङले निर्वाचन प्रणालीमा समेत सुधारको माग गर्दै वर्तमान समानुपातिक प्रणाली अन्तर्गतको बन्दसूची हटाउने प्रश्ताव गरेका छन् । उनले समानुपातिक तर्फका ११० जना सांसदको बन्दसूची हटाउनुपर्ने बताएका छन् ।

उनले भने, ‘हामीले संविधान प्रयोगमा ल्याएको दश वर्ष भयो । दश वर्ष कार्यान्वयन गरिसकेको संविधानको फेरि बसेर पल्टाएर समिक्षा गर्नुपर्छ र ? प्रयोग नै समिक्षा हो सभामुख महोदय । यस अवधिमा संविधानमा कहाँ कहाँ समस्या छ भन्नेकुरा हामीले पत्ता लाइसकेको अवस्था छ । त्यसकारण नीति तथा कार्यक्रममा संविधानको समिक्षा होइन संशोधन गर्ने लेखिनुपर्छ । त्यसो भए स्वागत गर्न सकिन्छ ? संविधानको संशोधन सहमतिद्वारा गरौं भन्ने कुरा आएको छ नि त्यो स्वागतयोग्य कुरा हो । यहाँ अर्को कुरा पनि थपिनुपर्ने थियो संविधान संशोधन गर्नको लागि सर्वदलीय समिति गठन गरिनेछ । भनेर लेखिदिएको भए के बिग्रिन्थ्यो ? आखिरमा हामी सबै मिलेर संविधान बनाएका हौं । संशोधन गर्नपनि सबै मिल्नैपर्छ । हामीले अब समानुपाति प्रत्यक्ष निर्वाचन प्रणालीमा जान आँट गर्ने कि नगर्ने ? अब ११० जनाको जुन बन्दसूची छ त्यसलाई हटाउँ । १६५ निर्वाचन क्षेत्र बाँकी रहन्छ । बाँकी ५५ जना महिला हुने गरेर छुट्याइदिउँ ।’

उनले अहिलेसम्म भएका भ्रष्टाचारको घट्नामा संलग्नहरुलाई कानूनी दायरामा ल्याउन उच्चस्तरीय छानविन आयोग बनाउन समेत प्रश्ताव गरेका छन् ।


प्रकाशित मिति: २३ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?