Trending
>>   विज्ञापन नीति जारी गरी विज्ञापन क्षेत्रका विकृति हटाउँछुः लक्ष्मण हुमागाईं >>   नेपालमा विश्व खाद्य स्वच्छता दिवस सप्ताहव्यापी मनाइँदै >>   विधेयकलाई समितिमा धेरै समय होल्ड गर्नु हुँदैनः प्रमुख सचेतक बर्तौला >>   न्याय किन्न पाइन्छ भन्ने मान्यतालाई विधेयकले नियन्त्रण गर्छः सांसद प्रधान >>   मन्त्रीहरुलाई ओलीको निर्देशनः संसदीय काममा बढी ध्यान दिनूस् >>   पार्टीका सांसदहरुलाई ओलीको निर्देशनः विरोधीहरुले धर्मर हुनेगरी कुतर्क गर्छन्, तर्कपूर्ण खण्डन गर्नूस् >>   प्रधानमन्त्री ओलीको दाबीः देश विकास र सुशासनबाहेक सरकारको ध्यान अन्यत्र छैन >>   विपक्षी दलहरुलाई ओलीको चेतावनीः ज्यादती अब सह्य हुँदैन,संसद चल्छ >>   प्रचण्ड हराएः प्रधानमन्त्री ओली >>   ’डिजिटल करेन्सीदेखि डिजिटल कारोबारलाई नियमन गर्न नयाँ बाफिया चाहियो’
Logo
१९ जेष्ठ २०८२, सोमबार
१९ जेष्ठ २०८२, सोमबार

एम्बुलेन्समा बोकेर लैजादै गरेको अवस्थामा करिब १ सय ८० किलो गाँजा सहित चालक पक्राउ


सुनसरी। रामधुनी नगरपालिका-६ पिडारीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ८० किलोग्राम सहित बराहक्षेत्र नगरपालिका-४ बस्ने २५ वर्षीय श्रीराज कुमार साहलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको प्रहरीले बिआर ३८ पि ५४१४ नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रममा सेतो बोराले बेरेको ६ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी एम्बुलेन्स चालक श्रीराजलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: २१ बैशाख २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?