Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

नाइजेरियामा ११ जना बन्दुकधारी मारिए


२१ चैत्र, एजेन्सी । नाइजेरियाको उत्तरी राज्य कादुनामा भएको भीडन्तमा नाइजेरियाली सेनाले ११ बन्दुकधारी मारेको सुरक्षा अधिकारीले आइतबार पुष्टि गरेका छन्।

कादुना राज्य आन्तरिक सुरक्षा तथा गृह मामिलाका आयुक्त शमुएल अरुवानले जनाएअनुसार क्लियरेन्स अपरेसनमा सेनाले राज्यको बिर्निन ग्वारी स्थानीय सरकारी क्षेत्रका थुप्रै स्थानहरूका डाकु शिविरहरू नष्ट गरेको छ । एघारजना डाकुहरू मारिएको र दुईवटा एके-४७ राइफल र त्यसमा प्रयोग हुने म्यागजिनका साथै ५७ राउन्ड गोला बारुद बरामद गरिएको सेनाले जनाएको छ ।

पछिल्ला केही महिनाहरूमा उत्तरी नाइजेरियाले यस्ता थुप्रै आक्रमणहरू भोग्न वाद्य भएका छन् जसले धेरै मानिसहरूलाई बन्धक समेत बनाएको छ।


प्रकाशित मिति: २१ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?