Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

सरकार शिक्षकहरूका मागहरूलाई सम्बोधन गर्न अग्रसर बनोस्ः सांसद बडू


काठमाडौँ। नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले शिक्षक आन्दोलनमा प्रहरी र शिक्षक दुवैतर्फबाट बल प्रयोग हुनु दुःखद् र लज्जास्पद रहेको बताएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले २७ दिनदेखि चलिरहेको शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा आईतवार अकस्मात बल प्रयोग हुनु दुःखद् र लज्जास्पद रहेको बताउँदै उपचाररत शिक्षकहरूको स्वास्थ्य लाभको कामना गरेका छ्न् । उनले सरकार थप संयमित, जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा जोड दिंदै दमन गर्नेतर्फ नभई सकारात्मक सोचका साथ शिक्षकहरूका जायज मागहरूलाई सम्बोधन गर्नेतर्फ अग्रसर बन्न सरकारलाई सुझाव दिएका छन् । उनले प्रश्तावित विद्यालय शिक्षा विधेयक अविलम्व संसद्मा प्रश्तुत गर्न र समस्या समाधानमा अहिलेसम्मको प्रगतिको अवस्था संसदलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले भने, “२७ दिनदेखि चलिरहेको शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा हिजो १४ गतेका दिन अकस्मात दुवैतर्फबाट बल प्रयोगको अवस्था सिर्जना हुनु दुःखद् छ । लज्जास्पद पनि छ । उपचाररत सबै शिक्षकहरूको शीघ्र स्वास्थ्य लाभको काम गर्न चाहन्छु । जन निर्वाचित लोकतान्त्रिक सरकार थप संयमित, जिम्मेवार र संवेदनशील बन्न जरुरी छ । यसरी सरकार दमन गर्नतर्फ होइन, सकारात्मक सोचका साथ शिक्षकहरूका जायज मागहरूलाई सम्बोधन गर्नेतर्फ अविलम्व अग्रसर बनोस् । प्रश्तावित विद्यालय शिक्षा विधेयक अभिलम्ब संसद्मा प्रस्तुत गर्न र समस्या समाधानमा अहिलेसम्मको प्रगतिको अवस्था छ ? संसद्मा जानकारी गराउनका लागि समेत म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।”

विद्यालय शिक्षक विधेयक जारी गर्न माग राख्दै देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू २७ दिनदेखि काठमाडौंमा आन्दोलनरत छन् । आन्दोलनका क्रममा आईतवार प्रहरीसँग झडप हुँदा शिक्षकहरू घाइते भएका थिए ।


प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?