Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

घाइते शिक्षकहरुको उपचार सरकारले गर्नुपर्छः रास्वपा


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकारले आन्दोलनरत समूहमाथि दमन र शक्ति प्रदर्शन गरिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकलाई सम्बोधन गर्दै उनले। विभिन्न पेसागत कर्मचारीहरु आन्दोलनमा हुँदा समेत सरकारले अनदेखा गरेको आरोप लगाएका छन् । उनले शिक्षक आन्दोलनमा घाइते भएकाहरुको उपचारको प्रवन्ध सरकारले गर्नुपर्ने माग गरेका छन् ।

उनले भने, ‘विभिन्न माग राखेर विभिन्न पक्षले सडकमा आन्दोलन गरिराखेका छन् । सरकार त्यो आन्दोलन देख्दैन । सरकार दमन र आफ्नो शक्ति प्रदर्शनमा लागिरहेको छ । हिजो जति जना पनि घाइते हुनुभएको छ उहाँहरुलाई शिघ्र स्वास्थ्य लाभको कामनासहित उपचारको लागि सरकारसँग माग गर्दछौं ।’

फरक प्रसङ्गमा बोल्दै अर्यालले अगामी आर्थिक वर्षको बजेट बुढीगण्डकी जलविद्युत आयोजनालाई सम्बोधन हुनेगरी आउनुपर्ने बताउदै मुलुकमा रोजगारी वृद्धि गर्नको लागि तीन सिफ्टमा काम गर्ने व्यवस्थासहितको बजेट आउनुपर्ने उनको भनाइ छ ।


प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?