Trending
>>   काशी सुमेरु पिठाधिश्वर शंकराचार्यद्वारा वसन्तपुरको कामाख्या देवी मन्दिर दर्शन >>   दमक भ्युटावर शुल्क लिई सञ्चालन गर्न स्वीकृति >>   निजी क्षेत्रको मागः १० वर्षलाई लगानी दशक घोषणा गरौँ, झन्झट हटाऔँ >>   सत्तारुढ दलकै भेट्रान नेताहरु प्रि–बजेट छलफलमा सक्रिय नदेख्दा आश्चर्य लागेको छः एमाले सांसद सुर्य थापा >>   विनियोजन विधेयक उपयुक्त दिशातर्फ उन्मुख छ, कार्यान्वयनमा ध्यान दिइओस्ः काँग्रेस सांसद महत >>   मेरिटोक्रेसीबारे प्रधानमन्त्रीः म प्रधानमन्त्री हो तर म एक्लै त छैन नि देशमा >>   साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ सङ्घीय संसद भवनः ठेकेदारले राज्यलाई हेपेको आरोप >>   विद्युतीय सेवा करको दायरा बढाउन राजश्व परामर्श समितिद्वारा सिफारिस >>   राष्ट्र बैंकको गभर्नरमा मेरो तर्फबाट कोही पनि उम्मेदवार छैनः प्रधानमन्त्री ओली >>   टेरामक्स खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै २ कम्पनीसहित १८ प्रतिवादी बनाइ मुद्दा दर्ता
Logo
२ जेष्ठ २०८२, बिहीबार
२ जेष्ठ २०८२, बिहीबार

आगामी आर्थिक वर्षको बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउँछः सभापति देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष ०८२/०८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरेका छन् ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आ.व. ०८२/०८३ को बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्ने बताए । उनले व्यापारीले व्यापार र उद्योगपतिले उद्योग सञ्चालन गर्नुपर्ने भन्दै सरकारले व्यापार नगर्ने बताउदै व्यापार व्यवसाय निजी क्षेत्रबाटै हुनुपर्ने काँग्रेसको मान्यता रहेको बताएका छन् ।

सभापति देउवाले भने, ‘व्यापारीले व्यापार गर्ने हो, उद्योगपतिले उद्योग खोल्ने हो । सरकारले व्यापार उद्योग गर्ने होइन । त्यसकारण निजी संस्थान हुनुपर्छ भन्ने मान्यता नेपाली काँग्रेसको रहेको छ । मलाई विश्वास छ । आर्थिक वर्ष ०८२÷०८३ को बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्नेछ । आर्थिक क्षेत्रलाई थप चलायमान गराउनेछ भन्ने मैले विश्वास लिएको छु ।’

सभापति देउवाले निजी क्षेत्रसँगको संवादबाट आगामी आर्थिक वर्षको बजेट राम्रो बनाउन मद्दत पुग्ने बताएका छन् ।


प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?