Trending
>>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी >>   विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव >>   टनेलभित्र ३७ जनाको शव भेटिएको थियो:नेपाली सेना >>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

मेरिटोक्रेसीबारे प्रधानमन्त्रीः म प्रधानमन्त्री हो तर म एक्लै त छैन नि देशमा


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक क्षेत्रमा साँच्चैको मेरिटोक्रेसी लागू गर्न चुनौति दिएका छन् ।

बिहीवार काठमाडौंमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभूवन विश्वविद्यालयको उपकुलपति नियुक्ति गर्दा मेरिटोक्रेसीको आधारमा गरेको दाबी गर्दै आउनुभएकोप्रति लक्षित गर्दै साँच्चिकैको मेरिटोक्रेसी लागू गर्न चुनौति दिएका छन्। उनले परीक्षा लिएझैँ गर्ने, आफैँ उत्तरपुस्तिका जाँच्ने र अन्तर्वार्तामा कसको नाम निकालौँ भनेर सोधेर नाम निकालेको बताउदै उनले जाँच नै लिने भए जाँच नै लिनुपर्ने तर स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘आजकाल अब मेरिटोक्रेसी । भन्न हुँदैन, मेरिटोक्रेसी भन्ने । जाँच लिएझैँ गर्ने । जाँचकी आफ्नै, पेपर काट्ने आफ्नै, इन्टरभ्यु लिने आफ्नै, कसको नाम निकालौँ हजुर भनेर सोधेर फलानाको निकाल भनेपछि निकाल्ने । अनि मेरिटोक्रेसीका धाक लगाउने । साँच्चैको मेरिटोक्रेसी गरौँ न । जाँच नै लिने भए जाँच नै लिऔँ । तर फेयरली लिऔँ । मेरो नीति त्यो हो । कति सक्छु कार्यान्वयन गर्न म एक्लै छैन, यो देशमा । म प्रधानमन्त्री हो तर म एक्लै त छैन नि । त्यसो भएर मैले सकेसम्म मेरिटोक्रेसी कायम गर्ने हो ।’

प्रधानमन्त्री ओलीले मेरिटोक्रेसीको विषयमा आफूले सकेको जति गर्ने र देशको नेतृत्व लिने व्यक्ति आफू मात्रै नभएको बताउदै देशको नेतृत्व आफूले गरेको भएपनि सत्ता साझेदारहरुसँगको सहकार्य जरुरी रहेकाले योग्यताको आधारमा सबै नियुक्ति गर्ने कुरामा हस्तक्षेप हुनसक्ने उनको आशंका छ ।


प्रकाशित मिति: १ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?