Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
३ चैत्र २०८२, मंगलवार
३ चैत्र २०८२, मंगलवार

मेरिटोक्रेसीबारे प्रधानमन्त्रीः म प्रधानमन्त्री हो तर म एक्लै त छैन नि देशमा


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक क्षेत्रमा साँच्चैको मेरिटोक्रेसी लागू गर्न चुनौति दिएका छन् ।

बिहीवार काठमाडौंमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभूवन विश्वविद्यालयको उपकुलपति नियुक्ति गर्दा मेरिटोक्रेसीको आधारमा गरेको दाबी गर्दै आउनुभएकोप्रति लक्षित गर्दै साँच्चिकैको मेरिटोक्रेसी लागू गर्न चुनौति दिएका छन्। उनले परीक्षा लिएझैँ गर्ने, आफैँ उत्तरपुस्तिका जाँच्ने र अन्तर्वार्तामा कसको नाम निकालौँ भनेर सोधेर नाम निकालेको बताउदै उनले जाँच नै लिने भए जाँच नै लिनुपर्ने तर स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘आजकाल अब मेरिटोक्रेसी । भन्न हुँदैन, मेरिटोक्रेसी भन्ने । जाँच लिएझैँ गर्ने । जाँचकी आफ्नै, पेपर काट्ने आफ्नै, इन्टरभ्यु लिने आफ्नै, कसको नाम निकालौँ हजुर भनेर सोधेर फलानाको निकाल भनेपछि निकाल्ने । अनि मेरिटोक्रेसीका धाक लगाउने । साँच्चैको मेरिटोक्रेसी गरौँ न । जाँच नै लिने भए जाँच नै लिऔँ । तर फेयरली लिऔँ । मेरो नीति त्यो हो । कति सक्छु कार्यान्वयन गर्न म एक्लै छैन, यो देशमा । म प्रधानमन्त्री हो तर म एक्लै त छैन नि । त्यसो भएर मैले सकेसम्म मेरिटोक्रेसी कायम गर्ने हो ।’

प्रधानमन्त्री ओलीले मेरिटोक्रेसीको विषयमा आफूले सकेको जति गर्ने र देशको नेतृत्व लिने व्यक्ति आफू मात्रै नभएको बताउदै देशको नेतृत्व आफूले गरेको भएपनि सत्ता साझेदारहरुसँगको सहकार्य जरुरी रहेकाले योग्यताको आधारमा सबै नियुक्ति गर्ने कुरामा हस्तक्षेप हुनसक्ने उनको आशंका छ ।


प्रकाशित मिति: १ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?