Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

विनियोजन विधेयक उपयुक्त दिशातर्फ उन्मुख छ, कार्यान्वयनमा ध्यान दिइओस्ः काँग्रेस सांसद महत


काठमाडौँ। नेपाली काँग्रेसका सांसद प्रकाशशरण महतले अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरू उपयुक्त दिशातर्फ उन्मुख रहेको बताउँदै कार्यान्वयनमा जोड दिनुपर्ने बताउएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद महतले अगामी आर्थिक वर्षको बजेटले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरुलाई समेटेर ठोस प्रश्तावहरु ल्याउन सक्नुपर्ने बताएका छन् । उनले बढ्दो लोकप्रियतावादबाट माथि उठ्न जरुरी रहेको रहेको बताउदै दलका शिर्ष नेतृत्व नै लोकप्रियताका लागि प्रतिष्पर्धामा उत्रिँदा मुलुकमा अनावश्यक अपेक्षा सिर्जना गरेको बताएका छन् । उनले बजेट निर्माणका क्रममा उपलब्ध साधन स्रोतको प्रभावकारी उपयोग र प्राथमिकिकरणमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका छन्।

उनले भने, ‘समग्रमा अर्थमन्त्रीयुद्वारा प्रश्तुत विनियोजन विधेयकका सिद्धान्त र प्रथमिकता उपयुक्त दिशातर्फ उन्मुख छ । मुलभुत रुपमा आउने दिनमा कार्यान्वयनको अवस्था के रहनेछ ? बजेटले यी सिद्धान्त र प्राथमिकताहरुलाई समेटेर अगाडी बढ्न ठोस प्रश्तावहरु कसरी ल्याउँछ । तर यसमा केही कुराहरु छन् जसमा हामी अझै ठोस ढङ्गबाट प्रश्तुत हुन सक्थ्यौं । अहिलेको अवस्था के छ भने लोकप्रियतावादबाट हामी अगाडि बढ्न जरुरी छ । लोकप्रियतावादले यो देशमा धेरै समस्याहरु सिर्जना गरेको छ । अनावश्यक एक्सपेक्टेसन बढाएको छ । लोकप्रियताकै लागि दलका नेताहरु प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैले हामीले आफूसँग भएको साधन स्रोतलाई कसरी प्राथमिकिकरण गर्ने ? कसरी एक एक पैसाको सदुपयोग गर्ने ? भन्ने नीतिको मात्रै प्रभावकारिता देखिन्छ । त्यसले मात्रै मुलुकको अर्थतन्त्र उकास्न ठोस योगदान गर्छ भन्ने मलाई लागेको छ ।’

अब बजेटमार्फत घोषणा गर्नेमात्र नभई काम गर्न थाल्नुपर्नेमा सांसद महतको जोड छ ।


प्रकाशित मिति: १ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?