Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

विनियोजन विधेयक उपयुक्त दिशातर्फ उन्मुख छ, कार्यान्वयनमा ध्यान दिइओस्ः काँग्रेस सांसद महत


काठमाडौँ। नेपाली काँग्रेसका सांसद प्रकाशशरण महतले अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरू उपयुक्त दिशातर्फ उन्मुख रहेको बताउँदै कार्यान्वयनमा जोड दिनुपर्ने बताउएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद महतले अगामी आर्थिक वर्षको बजेटले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरुलाई समेटेर ठोस प्रश्तावहरु ल्याउन सक्नुपर्ने बताएका छन् । उनले बढ्दो लोकप्रियतावादबाट माथि उठ्न जरुरी रहेको रहेको बताउदै दलका शिर्ष नेतृत्व नै लोकप्रियताका लागि प्रतिष्पर्धामा उत्रिँदा मुलुकमा अनावश्यक अपेक्षा सिर्जना गरेको बताएका छन् । उनले बजेट निर्माणका क्रममा उपलब्ध साधन स्रोतको प्रभावकारी उपयोग र प्राथमिकिकरणमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका छन्।

उनले भने, ‘समग्रमा अर्थमन्त्रीयुद्वारा प्रश्तुत विनियोजन विधेयकका सिद्धान्त र प्रथमिकता उपयुक्त दिशातर्फ उन्मुख छ । मुलभुत रुपमा आउने दिनमा कार्यान्वयनको अवस्था के रहनेछ ? बजेटले यी सिद्धान्त र प्राथमिकताहरुलाई समेटेर अगाडी बढ्न ठोस प्रश्तावहरु कसरी ल्याउँछ । तर यसमा केही कुराहरु छन् जसमा हामी अझै ठोस ढङ्गबाट प्रश्तुत हुन सक्थ्यौं । अहिलेको अवस्था के छ भने लोकप्रियतावादबाट हामी अगाडि बढ्न जरुरी छ । लोकप्रियतावादले यो देशमा धेरै समस्याहरु सिर्जना गरेको छ । अनावश्यक एक्सपेक्टेसन बढाएको छ । लोकप्रियताकै लागि दलका नेताहरु प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैले हामीले आफूसँग भएको साधन स्रोतलाई कसरी प्राथमिकिकरण गर्ने ? कसरी एक एक पैसाको सदुपयोग गर्ने ? भन्ने नीतिको मात्रै प्रभावकारिता देखिन्छ । त्यसले मात्रै मुलुकको अर्थतन्त्र उकास्न ठोस योगदान गर्छ भन्ने मलाई लागेको छ ।’

अब बजेटमार्फत घोषणा गर्नेमात्र नभई काम गर्न थाल्नुपर्नेमा सांसद महतको जोड छ ।


प्रकाशित मिति: १ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?