
काठमाडौं । सोमबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोलामा १४ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । हिजोप्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी,चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर आज १ हजार ९७० मा कारिबार भईरहेको छ। हिजो प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार