Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

शिक्षा विधेयकबारे एमाले सांसद थापाले माग गरे शिक्षामन्त्रीको धारणा


काठमाडौँ। नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्रीले शिक्षा विधेयकबारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको जवाफ माग गरेका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै शिक्षा विधेयकमा शिक्षामन्त्री पन्तको धारणा माग गरेका हुन्। उनले संसद र देशलाई शिक्षा विधेयक यही अधिवेशनबाट टुंग्याउन तत्पर छौं भन्ने कुरा शिक्षामन्त्रीले जानकारी दिनुपर्ने बताए । उनले शिक्षकको आईतवारको आन्दोलनमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रसेवकमाथि यस्तो व्यवहार गरिनु उचित नभएको बताएका छन् ।

उनले भने, ‘शिक्षक आन्दोलनमा हिजो भएको घटनाप्रति दुःख व्यक्त गर्न चाहान्छु, यस्तो हुनु नपर्ने हो । प्रहरी पनि राष्ट्रसेवक हुन्, शिक्षक पनि राष्ट्रसेवक हुन् । राष्ट्रसेवकमाथि आन्दोलनका नाममा गरिने व्यवहार होस् या जेसुकै होस्, यस्तो गर्नु दुःखद हो । यस्तो गर्नु उचित होइन ।’

उनले शिक्षकहरुलाई समेत संयमित भएर आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउन आग्रह गरेका छन् ।


प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?