Trending
>>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी >>   विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव >>   टनेलभित्र ३७ जनाको शव भेटिएको थियो:नेपाली सेना >>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

शिक्षक आन्दोलनमा सरकारले दमन गरेको माओवादीको आरोप


काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले शान्तीपूर्ण आन्दोलन गरिरहेका शिक्षकहरूको आन्दोलनमा सरकारले दमन गरेको भन्दै त्यसको भत्र्सना गरेको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद जनार्दन शर्माले शिक्षकहरूका माग सम्बोधन गर्नुको सट्टा सरकारले दमन गरिरहेको आरोप लगाएका छन् । सरकारले शिक्षकका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहनुभएको छ ? उनको प्रश्न छ । उनले पुराना ऐन र कानूनहरुको कारण संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा बाधा पुगेको उल्लेख गर्दै वर्तमान सरकारले शिक्षकका मागहरु सम्बोधन गरेर जानुपर्ने बेलामा तीन वटा सरकारले गरेका सम्झौताहरु कार्यान्वयन नगर्ने र धोका दिने काम गरिरहेको आरोप लगाएका छन् ।

उनले भने, ‘शान्तीपूर्ण आन्दोलन गरिरहेका शिक्षक आन्दोलनमा सरकारले दमन गर्यो । आन्दोलन गरिरहेका शिक्षकहरुमाथि पानीको फोहोरा हान्दा दर्जनौं शिक्षकहरु घाइते हुनुभएको छ । र आज अस्पतालमा उपचार गरिरहनु भएको छ । सरकारले शिक्षकका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहनुभएको छ ? यसको म भत्सना गर्न चाहन्छु । संविधान निर्माणसँगै हामीले नयाँ ऐन बनाएर शिक्षालाई नयाँ दिशा दिनुपर्दथ्यो । आजको देशको आवश्यकता र समयलाई मध्यनजर गर्दै नयाँ शिक्षा ऐन बनाउनुपथ्र्यो । पुराना ऐन र कानूनहरुकै कारण आज संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनान बाधा अड्चनहरु भइरहेको छ । यस्तो बेलामा शिक्षककाम मागहरु सम्बोधन गरेर जानुपर्ने बेलामा तीन वटा सरकारले गरेका सम्झौताहरु कार्यान्वयन नगर्ने, धोका दिने काम भइरहेको छ ।’

शिक्षकहरुका जायज मागहरु तत्काल सम्बोधन गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।


प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?