Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

प्रहरीलाई स्थानीयस्तरमै पुनर्ताजगी तालिम


हिमाली जिल्ला रसुवामा कार्यरत नेपाल प्रहरीलाई स्थानीयस्तरमै पुनर्ताजगी तालिम प्रदान गरिएको छ । जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी हवल्दार एवं सहायक हवल्दर र जवानका लागि भीड नियन्त्रणसम्बन्धी पुनर्ताजगी तालिम प्रदान गरिएको हो । कार्यालयले पहिलो चरणमा दक्षिणी रसुवाको कालिकास्थान प्रहरीचौकी परिसरमा २७ सुरक्षाकर्मीलाई तालिम प्रदान गरेको जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दले जानकारी दिनुभयो ।

क्रमिकरूपमा यस्ता तालिम प्रदान गरिने उहाँले बताउनुभयो । “पहिला–पहिला तालिम लिन जिल्ला बाहिर जानुपथ्यो । अहिले कार्यालयमै दक्ष र अनुभवी जनशक्ति छन् । उनीहरुबाटै स्थानीयस्तरमै तालिम गर्न लागेका हौ । ” उत्तरी क्षेत्रको टिमुरे, थुमन, लाङटाङ, स्याफ्रुबेँसी, चिलिमे, हाकु, धुञ्चे, ग्राङ, दक्षिणी रसुवाको कालिकास्थान, बेत्रावती, डाँडागाउँ, मैलुङ, पारच्याङ, यार्सा लगायतका स्थानमा रहेका प्रहरीचौकीमार्फत आवश्यतानुसार सुरक्षाकर्मी परिचालन गरिएको छ । घटना वा दुर्घटना हुँदा साथ लाङटाङबाहेक अन्य स्थानका लागि बढीमा आधा घण्टाभित्र घटनास्थल पुग्न सक्ने वातावरण तयार भएको जिल्ला प्रहरी प्रमुख चन्दले बताउनुभयो । यस्तै लाङटाङ, तथा गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गमा भ्रमण गर्न आउने पर्यटकका लागि स्याफ्रुबेँसीमा पर्यटन प्रहरीको छुट्टै एकाइ तैनाथ रहेको छन् । सवैको सहभागिता र सहकार्यबाट जिल्लाको सुरक्षा अवस्था सुदृढ रहेको प्रहरीले दाबी गरेको थियो । जिल्लाको भूभाग इलाका क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्जको इलाकामा पर्ने भएकाले वन पैदावार, वन्यजन्तुको चोरी सिकारी नियन्त्रणका लागि नेपाली सेनाको गस्ती र सशस्त्र प्रहरीको गस्तीले समेत निरन्तरता दिइरहेका कारण राजमार्गलगायत गाउँ घरको सुरक्षा व्यवस्था थप मजबुत रहेको स्थानीय बताउँछन् ।

रसुवा जिल्लाको सुरक्षा व्यवस्था मजबुत पार्न नेपाल प्रहरीसक्षम रहेको जनाउँदै प्रहरी प्रमुख चन्दले भन्नुभयो, “हामी सुरक्षाको लागि २४ सँै घण्टा तयार छौँ कुनै पनि घटना हुने सङ्केत देखिएमा वा घटेमा तुरुन्तै नेपाल प्रहरीको टेलिफोन नं ०१०– ५४०१९९ एवं निःशुल्क फोन १०० को साथै मोबाइल नं ९८५१२७ ५५५५ तथा नजिकको प्रहरीचौकीमा खबर गरी दिन अनुरोध गर्दछु । ”


प्रकाशित मिति: २५ पुष २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?