Trending
>>   जनकपुरधामलाई अन्तर्राष्ट्रिय विवाह गन्तव्यका रुपमा विकास गर्न एमाले सांसद महतोको माग >>   बजेटमा निजी क्षेत्रः खाडीमा पानी बेचेर करोडौं विदेशी मुद्रा नेपालमा भित्र्याऔं >>   केही भएन भनेर भ्रम फिँजाउनेहरु नेपाल बिरोधी वर्ग हुन्ः ऊर्जामन्त्री दीपक खड्का >>   आज मिति २०८२ साल वैशाख ३० गते मंगलबार ,हेर्नूहोस् आजको राशिफल >>   लामो समय देखी सुस्त देखिएको कर्जा प्रवाह ७.१ प्रतिशतले बढ्यो >>   अर्थमन्त्री पौडेललाई चेम्बर अफ कमर्सका १०१ सुझाव >>   पर्यटन क्षेत्रमा आन्तरिक तथा वाह्य लगानी भित्र्याउन हरेक स्थानीय तहले पहल गर्नुपर्छ: अध्यक्ष ढकाल >>   आर्क्स ग्रुपद्वारा स्वयम्भू हारती ट्राभल्सलाई १८ वटा जुबाओ इभी भ्यान हस्तान्तरण >>   आइएमई ग्रुपको लगानीमा मौलाकालीमा इला होटल सञ्चालन >>   बुद्धका शिक्षाहरु सरल छन्, अपनाउन मात्रै कठिन होः प्रधानमन्त्री ओली
Logo
३० बैशाख २०८२, मंगलवार
३० बैशाख २०८२, मंगलवार

थाइल्याण्डमा सुरक्षा विमान दुर्घटनाग्रस्त, ६ जनाको मृत्यु


एजेन्सी। थाइल्याण्डको फेत्चाबुरी प्रान्तको रिसोर्ट शहर हुआ हिनको किनारमा शुक्रवार एउटा सुरक्षा प्रहरी विमान दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको थाइल्याण्ड प्रहरीले जनाएको छ ।

थाइल्याण्डको राष्ट्रिय प्रहरीले आफ्नो सामाजिक सञ्जाल पृष्ठमा प्रहरी उड्डयन विभागको विमान उडान भरेको केही समयपछि समुन्द्रमा दुर्घटनाग्रस्त भएको र त्यसमा सवार सबै छ जनाको मृत्यु भएको बताएको छ ।

प्रहरीले प्यारासुट प्रशिक्षणको लागि परीक्षण उडान गरिरहेको बेला विमान दुर्घटना भएको बताएको छ । दुर्घटनाको कारण अनुसन्धान गरिनेछ ।


प्रकाशित मिति: १३ बैशाख २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?