Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

मनमोहन अधिकारीको निष्ठा, आदर्श र जीवनशैलीलाई व्यवहारमा उतार्नसके राजनीतिप्रति भरोसा बढ्छः पूर्वराष्ट्रपति भण्डारी


काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारीको निष्ठा, आदर्श, जीवनशैलीलाई व्यवहारमा उतार्नसके राजनीतिप्रति जनताको भरोसा र विश्वास कायम गर्न ठूलो टेवा पुग्ने बताएकी छिन्।

शनिवार ललितपुरमा मनमोहन अधिकारीको २६ औं स्मृति सभालाई सम्बोधन गर्दै उनले २०५१ सालमा संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा मनमोहन अधिकारीको नेतृत्वमा गठित नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सरकार सामाजिक न्याय, सुशासन, पारदर्शिता, समावेशिताको दृष्टिले ऐतिहासिक र अब्बल रहेको बताइन् । उनले नेकपा एमालेको उक्त ऐतिहासिक नौ महिने कम्युनिष्ट सरकारले अघि सारेका आफ्नो गाउँ, आफैँ बनाउँ, ज्येष्ठ नागरिकहरुका लागि सम्मान वृद्धभत्ता र नौ सका कार्यक्रम, सामाजिक, आर्थिक विकासका लोकप्रिय कार्यक्रमले राष्ट्र निर्माणमा जनतालाई परिचालन गर्न सफल भएको स्मरण गरिन् । उहाँले मनमोहन अधिकारीले ल्याउनुभएका यि कार्यक्रमहरुको जस अझैसम्म पनि नेकपा एमालेले पाइरहेको र मनमोहन अधिकारी जस्ता प्रगतिशिल सोच, विचार भएका नेताहरुबाट प्रेरणा लिइ मुलुकको आर्थिक, सामाजिक रुपान्तरणका दिशामा सबैले सक्रिय भुमिका निर्वाह गर्न आवश्यक रहेको बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘मनमोहन अधिकारीको निष्ठा, आदर्श, जीवनशैलीलाई व्यवहारमा उतार्नसके राजनीतिप्रति जनताको भरोसा, विश्वास र कायम गर्न ठूलो टेवा पुग्ने मेरो विश्वास छ । २०५१ सालमा संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा मनमोहन अधिकारीको नेतृत्वमा गठित नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सरकार सामाजिक न्याय, सुशासन, पारदर्शिता, समावेशिताको दृष्टिले ऐतिहासिक र अब्बल रहेको थियो । नेकपा एमालेको उक्त ऐतिहासिक नौ महिने कम्युनिष्ट सरकारले अघि सारेका आफ्नो गाउँ, आफैँ बनाउँ, ज्येष्ठ नागरिकहरुका लागि सम्मान वृद्धभत्ता र नौ सका कार्यक्रम, सामाजिक, आर्थिक विकासका लोकप्रिय कार्यक्रमले राष्ट्र निर्माणमा जनतालाई परिचालन गर्न सफल भएको थियो । आजको स्थितिमा उहाँ जीवित हुनुहुन्थ्यो भने गणतन्त्रको सुदृढीकरणसँगै समाजवादउन्मुख, सामाजिक, आर्थिक प्रणालीको निर्माणमा उहाँको उल्लेखनिय योगदान हुने थियो ।’

पूर्वराष्ट्रपति भण्डारीले मनमोहन अधिकारी एक राजनीतिक नेता मात्र नभइ नेपाली समाजका लागि प्रेरणादायी र आदर्श व्यक्तित्व भएको बताइन्


प्रकाशित मिति: १३ बैशाख २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?