Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

मनमोहन अधिकारीको निष्ठा, आदर्श र जीवनशैलीलाई व्यवहारमा उतार्नसके राजनीतिप्रति भरोसा बढ्छः पूर्वराष्ट्रपति भण्डारी


काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारीको निष्ठा, आदर्श, जीवनशैलीलाई व्यवहारमा उतार्नसके राजनीतिप्रति जनताको भरोसा र विश्वास कायम गर्न ठूलो टेवा पुग्ने बताएकी छिन्।

शनिवार ललितपुरमा मनमोहन अधिकारीको २६ औं स्मृति सभालाई सम्बोधन गर्दै उनले २०५१ सालमा संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा मनमोहन अधिकारीको नेतृत्वमा गठित नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सरकार सामाजिक न्याय, सुशासन, पारदर्शिता, समावेशिताको दृष्टिले ऐतिहासिक र अब्बल रहेको बताइन् । उनले नेकपा एमालेको उक्त ऐतिहासिक नौ महिने कम्युनिष्ट सरकारले अघि सारेका आफ्नो गाउँ, आफैँ बनाउँ, ज्येष्ठ नागरिकहरुका लागि सम्मान वृद्धभत्ता र नौ सका कार्यक्रम, सामाजिक, आर्थिक विकासका लोकप्रिय कार्यक्रमले राष्ट्र निर्माणमा जनतालाई परिचालन गर्न सफल भएको स्मरण गरिन् । उहाँले मनमोहन अधिकारीले ल्याउनुभएका यि कार्यक्रमहरुको जस अझैसम्म पनि नेकपा एमालेले पाइरहेको र मनमोहन अधिकारी जस्ता प्रगतिशिल सोच, विचार भएका नेताहरुबाट प्रेरणा लिइ मुलुकको आर्थिक, सामाजिक रुपान्तरणका दिशामा सबैले सक्रिय भुमिका निर्वाह गर्न आवश्यक रहेको बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘मनमोहन अधिकारीको निष्ठा, आदर्श, जीवनशैलीलाई व्यवहारमा उतार्नसके राजनीतिप्रति जनताको भरोसा, विश्वास र कायम गर्न ठूलो टेवा पुग्ने मेरो विश्वास छ । २०५१ सालमा संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा मनमोहन अधिकारीको नेतृत्वमा गठित नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सरकार सामाजिक न्याय, सुशासन, पारदर्शिता, समावेशिताको दृष्टिले ऐतिहासिक र अब्बल रहेको थियो । नेकपा एमालेको उक्त ऐतिहासिक नौ महिने कम्युनिष्ट सरकारले अघि सारेका आफ्नो गाउँ, आफैँ बनाउँ, ज्येष्ठ नागरिकहरुका लागि सम्मान वृद्धभत्ता र नौ सका कार्यक्रम, सामाजिक, आर्थिक विकासका लोकप्रिय कार्यक्रमले राष्ट्र निर्माणमा जनतालाई परिचालन गर्न सफल भएको थियो । आजको स्थितिमा उहाँ जीवित हुनुहुन्थ्यो भने गणतन्त्रको सुदृढीकरणसँगै समाजवादउन्मुख, सामाजिक, आर्थिक प्रणालीको निर्माणमा उहाँको उल्लेखनिय योगदान हुने थियो ।’

पूर्वराष्ट्रपति भण्डारीले मनमोहन अधिकारी एक राजनीतिक नेता मात्र नभइ नेपाली समाजका लागि प्रेरणादायी र आदर्श व्यक्तित्व भएको बताइन्


प्रकाशित मिति: १३ बैशाख २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?