Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

शिक्षामन्त्रीले बोलाएको वार्तामा गएनन् शिक्षक महासंघका प्रतिनिधि


काठमाडौँ। नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बोलाएको वार्तामा नेपाल शिक्षक महासंघका प्रतिनिधिहरू मन्त्रालय प्रवेश नगरी फर्किएका छन् ।

शिक्षामन्त्री पन्तले बोलाएको वार्तामा सहभागी हुन सिंहदरबारको जाने तयारी रहे पनि मन्त्रालय प्रवेश नगरी महासंघका प्रतिनिधिहरू फर्किएका हुन् । शुक्रवार शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई लचिलो भएर वार्तामा आउन आग्रह गरेका थिए । यस्तै, शिक्षकहरूसँग अपरान्ह वार्ता हुने तयारी गरिएको भएको थियो । तर सरकारसँग वार्ता गर्नको लागि मन्त्रालयले २५ सदस्यीय वार्ता टोली बनाएको भन्दै नेपाल शिक्षक महासंघका अध्यक्षसहितको टोलीहरू वार्तामा सहभागी हुन गएनन् । यद्यपि वार्तामा सहभागी हुन गएका तीन राजनीतिक दल निकट शिक्षक संघका अध्यक्षहरू वार्ता बिनै फर्किएका छन् । राष्ट्रिय शिक्षक मञ्चका अध्यक्ष कुमोदकुमार सिंहले मन्त्रालयले २५ जनाको टोली बनाएको र वार्तामा बस्ने अधिकार विशुद्ध महासङ्घलाई रहेको बताएका छन् । उनले महासङ्घले मन्त्रालयले बनाएको टोलीमा विमति जनाएपछि वार्ता हुन नसकेको जिकिर गरेका छन् ।

उनले भने, “बिहान ८ बजे नेपाल निजामती सङ्गठनको कार्यालयमा ५ सदस्यीय टोली नयाँ शिक्षामन्त्रीज्युको बधाईको साथसाथै शिक्षकको समस्या समाधानको लागि छलफल गर्न मन्त्रालयमा जाने निर्णय गरेका थियौँ । त्यसै अनुरूप हामीहरू कार्यक्रम सक्काएर आ–आफ्नो गन्तव्यतिर लाग्यौँ । तर बीचमा ५ जनाका साथसाथै अध्यक्ष मण्डलका टोलीहरू पनि वार्तामा जाने जानकारी प्राप्त हुनासाथ हामी यहाँ पुग्यौँ । हामी तीन जना अध्यक्ष यहाँ पुगेका थियौँ । हामीले सदस्यहरूको टोली गेट पासको रूपमा गेटमा पायौँ । हामीले निष्कर्ष निकाल्यौँ कि २५ सदस्यीय टोली मन्त्रालयले बनाएको छ । वार्ता टोलीमा को–को बस्छौँ, त्यसको अधिकार विशुद्ध नेपाल शिक्षक महासङ्घलाई रहेको छ । यसमा विमति भएको हुनाले आजको वार्ता यत्तिकै समाप्त भएको छ ।”

महासङ्घले वार्ताको लागि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय टोलीको नामावली आफूले तयार नगरेको जनाएको छ । सिंहदरबारमा वार्ताका लागि भन्दै राष्ट्रिय शिक्षक मञ्चका अध्यक्ष सिंहसहित संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापा र मधेसी शिक्षक फोरम लोकतान्त्रिकका अध्यक्ष विष्णु चौधरी पुगेका थिए । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै २४ दिनदेखि देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौँमा आन्दोलनरत छन् ।


प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?