Trending
>>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

शिक्षामन्त्रीले बोलाएको वार्तामा गएनन् शिक्षक महासंघका प्रतिनिधि


काठमाडौँ। नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बोलाएको वार्तामा नेपाल शिक्षक महासंघका प्रतिनिधिहरू मन्त्रालय प्रवेश नगरी फर्किएका छन् ।

शिक्षामन्त्री पन्तले बोलाएको वार्तामा सहभागी हुन सिंहदरबारको जाने तयारी रहे पनि मन्त्रालय प्रवेश नगरी महासंघका प्रतिनिधिहरू फर्किएका हुन् । शुक्रवार शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई लचिलो भएर वार्तामा आउन आग्रह गरेका थिए । यस्तै, शिक्षकहरूसँग अपरान्ह वार्ता हुने तयारी गरिएको भएको थियो । तर सरकारसँग वार्ता गर्नको लागि मन्त्रालयले २५ सदस्यीय वार्ता टोली बनाएको भन्दै नेपाल शिक्षक महासंघका अध्यक्षसहितको टोलीहरू वार्तामा सहभागी हुन गएनन् । यद्यपि वार्तामा सहभागी हुन गएका तीन राजनीतिक दल निकट शिक्षक संघका अध्यक्षहरू वार्ता बिनै फर्किएका छन् । राष्ट्रिय शिक्षक मञ्चका अध्यक्ष कुमोदकुमार सिंहले मन्त्रालयले २५ जनाको टोली बनाएको र वार्तामा बस्ने अधिकार विशुद्ध महासङ्घलाई रहेको बताएका छन् । उनले महासङ्घले मन्त्रालयले बनाएको टोलीमा विमति जनाएपछि वार्ता हुन नसकेको जिकिर गरेका छन् ।

उनले भने, “बिहान ८ बजे नेपाल निजामती सङ्गठनको कार्यालयमा ५ सदस्यीय टोली नयाँ शिक्षामन्त्रीज्युको बधाईको साथसाथै शिक्षकको समस्या समाधानको लागि छलफल गर्न मन्त्रालयमा जाने निर्णय गरेका थियौँ । त्यसै अनुरूप हामीहरू कार्यक्रम सक्काएर आ–आफ्नो गन्तव्यतिर लाग्यौँ । तर बीचमा ५ जनाका साथसाथै अध्यक्ष मण्डलका टोलीहरू पनि वार्तामा जाने जानकारी प्राप्त हुनासाथ हामी यहाँ पुग्यौँ । हामी तीन जना अध्यक्ष यहाँ पुगेका थियौँ । हामीले सदस्यहरूको टोली गेट पासको रूपमा गेटमा पायौँ । हामीले निष्कर्ष निकाल्यौँ कि २५ सदस्यीय टोली मन्त्रालयले बनाएको छ । वार्ता टोलीमा को–को बस्छौँ, त्यसको अधिकार विशुद्ध नेपाल शिक्षक महासङ्घलाई रहेको छ । यसमा विमति भएको हुनाले आजको वार्ता यत्तिकै समाप्त भएको छ ।”

महासङ्घले वार्ताको लागि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय टोलीको नामावली आफूले तयार नगरेको जनाएको छ । सिंहदरबारमा वार्ताका लागि भन्दै राष्ट्रिय शिक्षक मञ्चका अध्यक्ष सिंहसहित संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापा र मधेसी शिक्षक फोरम लोकतान्त्रिकका अध्यक्ष विष्णु चौधरी पुगेका थिए । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै २४ दिनदेखि देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौँमा आन्दोलनरत छन् ।


प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?