Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

धनुषा विष सेवन घटनाः पविताको पनि मृत्यु


धनुषा । धनुषा जिल्ला शहीदनगर नगरपालिका–५, वासुदेवपट्टीमा भएको विष सेवन घटनामा उपचाररत आमा पविताकुमारी साहको पनि मृत्यु भएको छ ।

३० वर्षीया पविताकुमारी साहको आज बिहान पौने १० बजे जनकपुरधामस्थित रामजानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) वरुणबहादुर सिंहले जानकारी दिएका छन् । पविताका तीन सन्तानको ज्यान गइसकेको छ । गत सोमवार साँझ आफ्नै घरमा पविता आफ्ना तीन सन्तानसहित अचेत अवस्थामा फेला परेकी थिइन् । सोही दिन उनका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया छोरी आरुसी साहको मृत्यु भएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घरायसी विवादका कारण पविताले आफ्ना तीन सन्तानलाई विष खुवाएर आफैंले पनि सेवन गरेकी थिइन् । नौ महिनाकी गर्भवती रहेकी पविताको शल्यक्रिया गरी गर्भमा रहेका शिशुलाई निकालिएको थियो । हाल शिशुको अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

विष सेवनको जानकारी पाउनासाथ पवितालाई अस्पताल पुर्याइएको थियो ।


प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?