Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

धनुषा विष सेवन घटनाः पविताको पनि मृत्यु


धनुषा । धनुषा जिल्ला शहीदनगर नगरपालिका–५, वासुदेवपट्टीमा भएको विष सेवन घटनामा उपचाररत आमा पविताकुमारी साहको पनि मृत्यु भएको छ ।

३० वर्षीया पविताकुमारी साहको आज बिहान पौने १० बजे जनकपुरधामस्थित रामजानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) वरुणबहादुर सिंहले जानकारी दिएका छन् । पविताका तीन सन्तानको ज्यान गइसकेको छ । गत सोमवार साँझ आफ्नै घरमा पविता आफ्ना तीन सन्तानसहित अचेत अवस्थामा फेला परेकी थिइन् । सोही दिन उनका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया छोरी आरुसी साहको मृत्यु भएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घरायसी विवादका कारण पविताले आफ्ना तीन सन्तानलाई विष खुवाएर आफैंले पनि सेवन गरेकी थिइन् । नौ महिनाकी गर्भवती रहेकी पविताको शल्यक्रिया गरी गर्भमा रहेका शिशुलाई निकालिएको थियो । हाल शिशुको अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

विष सेवनको जानकारी पाउनासाथ पवितालाई अस्पताल पुर्याइएको थियो ।


प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?