Trending
>>   मतदानस्थलको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा (फोटो फिचर) >>   निर्धक्क भएर मतदान गर्न आयुक्त भण्डारीको आह्वान >>   फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल >>   अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित >>   निर्वाचनका लागि काठमाडौंका मतदान स्थलहरु तयार >>   उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह >>   आज राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी सञ्चालनमा रोक >>   धनुषामा निर्वाचन अवधिसम्मका लागि भारतीय सीमा नाका सिल गरियो >>   पेट्रोल पम्पमा उपभोक्ताको भीड >>   दैनिक ५ हजार लाइसेन्सको माग, कसरी भइरहेको छ वितरण ?
Logo
२१ फाल्गुन २०८२, बिहीबार
२१ फाल्गुन २०८२, बिहीबार

विकासका योजना भूकम्प लगायतका प्रकोपहरु धान्न सक्नेगरी निर्माण गर्न जरुरीः गृहमन्त्री लेखक


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले व्यक्तिगत आवास तथा विकास निर्माणका योजनाहरुलाई भूकम्पलगायतका प्रकोपहरु धान्न सक्नेगरी निर्माण गर्न जरुरी रहेको बताएका छन् ।

शुक्रवार काठमाडौंको धरहरामा आयोजित भूकम्प स्मृति दिवसलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले प्रकृतिसँग अनावश्यक खेलवाड गर्न नहुनेमा उनको जोड रहेको छ । उनले विपद् निम्तिने गरेर प्रकृतिलाई चलाउन नहुने समेत बताए । उनले भूकम्प लगायतका सम्भावित प्रकोपहरुलाई मध्यनजर गर्दै गुणस्तरीय भौतिक संरचना निर्माण गर्नु आजको आवश्यकता रहेको पनि बताएका छन् जुनसुकै बेला भूकम्प आउनसक्छ भन्ने मानसिकताका साथ काम गर्न समेत उनले सबैलाई आग्रह गरेका छन् ।

उनले भने, ‘हामीले प्रकृतिसँग खेलवाड गर्नु हुँदैन । प्रकृति आफ्नै नियममा रहन्छ । प्रकृतिलाई आफ्नो लागि प्रयोग गर्नु हुँदैन । कमसेकम विपद् निम्तिने गरेर प्रकृतिलाई चलाउनु हुन्न । हामीले जोखिम आउनसक्ने सम्भावनाहरु भएको हुनाले भौतिक संरचना निर्माण गर्दा त्यही गुणस्तर र त्यही मजबुतका साथ निर्माण गर्न जरुरी छ । व्यक्तिगत भवन तथा आवासहरु अथवा योजनाहरु उच्च गुणस्तरको र भूकम्पजस्ता प्रकोप र विपद्हरुलाई धान्नसक्ने बनाउन जरुरी छ । मैले पटक पटक भन्ने गरेको छु । जुनसुकै बेला जेसुकै हुनसक्छ । जुनसुकै बेला भूकम्प आउनसक्छ । किनभने कुनै पूर्वानुमानले काम गर्दैन । अहिले पनि भूकम्प आउनसक्छ । त्यसकारण जुनसुकै बेला भूकम्प आउनसक्छ भन्ने मानसिकताका साथ तयारी गर्न जरुरी छ ।’

सम्भावित विपद्बाट हुने क्षती न्युनिकरणको लागि सरकार क्रियाशील रहेको मन्त्री लेखकको भनाई छ । उहाँले कुनैपनि प्रकारको विपद्को सामना गर्न सरकार प्रतिवद्ध रहेको दाबी गरेका छन्। उनले अगामी आर्थिक वर्षको बजेटमा भूकम्प लगायतका विपद्हरुको सामना गर्न स्थानीय तहलाई सशक्त बनाउने गरी ल्याइने समेत बताए ।


प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?