Trending
>>   फरक विचार राखेकै आधारमा दमन गर्ने भए सरकारले औपचारिक रूपमा भनिदेओस्, हामी विद्रोहमा जान्छौंः अध्यक्ष… >>   हिमालदेखि महासागरसम्मको सोच जरुरीः प्रधानमन्त्री ओली >>   हज कार्यलाई व्यवस्थित बनाउन समयानुकुल नीति, नियम र प्रवन्ध मिलाउन आवश्यकः राष्ट्रपति पौडेल >>   बैंकिङ–बीमा क्षेत्र मिलेर उत्पादन र उत्पादकत्व अभिवृद्धिमा लाग्नुपर्छ–का.मु. गभर्नर ढुंगाना >>   आज मिति २०८२ साल जेठ ०२ गते शुक्रबार ,हेर्नूहोस् आजको राशिफल >>   काशी सुमेरु पिठाधिश्वर शंकराचार्यद्वारा वसन्तपुरको कामाख्या देवी मन्दिर दर्शन >>   दमक भ्युटावर शुल्क लिई सञ्चालन गर्न स्वीकृति >>   निजी क्षेत्रको मागः १० वर्षलाई लगानी दशक घोषणा गरौँ, झन्झट हटाऔँ >>   सत्तारुढ दलकै भेट्रान नेताहरु प्रि–बजेट छलफलमा सक्रिय नदेख्दा आश्चर्य लागेको छः एमाले सांसद सुर्य थापा >>   विनियोजन विधेयक उपयुक्त दिशातर्फ उन्मुख छ, कार्यान्वयनमा ध्यान दिइओस्ः काँग्रेस सांसद महत
Logo
३ जेष्ठ २०८२, शुक्रबार
३ जेष्ठ २०८२, शुक्रबार

के हो तातो लहर ? यस्ता छन् असर तथा बच्ने उपायहरु


काठमाडौँ। हाल देशभरको बढ्दो तापक्रमको अवस्थाले  तराईका धेरै स्थानहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएकोले  आवश्यक सतर्कता अपनाउनु पर्ने अबस्था रहेको छ। पछिल्लो समय देशका विभिन्न स्थानमा तातो लहर (Heat wave) को समेत सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु पर्ने हुन्छ ।

यस्ता छन् तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्छ।

यस्ता छन् तातो लहर बाट बच्ने उपायहरूः तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी Expose नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी संग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनुपर्ने हुन्छ ।


प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?