Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

वार्ताका माध्यमबाटै शिक्षकका समस्या समाधान हुन्छ, बोल्ने भन्दा काम गर्ने समय होः शिक्षामन्त्री पन्त


काठमाडौँ। नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले वार्ताका माध्यमबाट शिक्षकहरुका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।

बिहीवार सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा पदभार ग्रहण गर्दै उनले आफू मन्त्रालयमा प्रवेश गरेको र समस्याको बारेमा जानकार रहेको बताएका छन् । उनले समस्या समाधानका लागि मन्त्रालयले कस्तो प्रयास गरिरहेको छ भन्नेबारेमा बुझेर थप निर्णय लिने जानकारी दिएका छन्। उनले वार्ताका माध्यमबाट समस्या समाधान गर्नेमा आफ्नो ध्यान केन्द्रित हुने बताएका छन् ।

उनले भने, ‘भर्खर मन्त्रालयमा प्रवेश गरेको छु । यो समस्याको बारेमा जानकार त छु । तर मन्त्रालयको प्रशासन, अरु साथीहरुले विभिन्न कारणले जुन प्रकारले वार्ता गरिरहनुभएको छ । म उहाँहरुलाई त्यसको लागि धन्यवाद दिन चाहन्छु, त्यो सबै विषयमा मैले राम्रोसँग जानकारी लिइसकेको छैन । त्यसबारेमा राम्रोसँग जानकारी नलिकन विचार व्यक्त गर्नु उपयुक्त हुँदैन । भइरहेका प्रयत्नहरु बुझौँ अनि भन्न सकिन्छ । अब बोल्ने भन्दा पनि काम गर्ने समय आएको छ । म वार्ताबाट समस्याको समाधान गर्ने प्रयत्न गर्दछु । मेरो सम्पूर्ण ध्यान त्यसमा केन्द्रित हुनेछ ।’

मन्त्री पन्तले अब बोल्ने भन्दा काम गर्ने समय आएको बताएका छन् ।


प्रकाशित मिति: ११ बैशाख २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?