Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

वार्ताका माध्यमबाटै शिक्षकका समस्या समाधान हुन्छ, बोल्ने भन्दा काम गर्ने समय होः शिक्षामन्त्री पन्त


काठमाडौँ। नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले वार्ताका माध्यमबाट शिक्षकहरुका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।

बिहीवार सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा पदभार ग्रहण गर्दै उनले आफू मन्त्रालयमा प्रवेश गरेको र समस्याको बारेमा जानकार रहेको बताएका छन् । उनले समस्या समाधानका लागि मन्त्रालयले कस्तो प्रयास गरिरहेको छ भन्नेबारेमा बुझेर थप निर्णय लिने जानकारी दिएका छन्। उनले वार्ताका माध्यमबाट समस्या समाधान गर्नेमा आफ्नो ध्यान केन्द्रित हुने बताएका छन् ।

उनले भने, ‘भर्खर मन्त्रालयमा प्रवेश गरेको छु । यो समस्याको बारेमा जानकार त छु । तर मन्त्रालयको प्रशासन, अरु साथीहरुले विभिन्न कारणले जुन प्रकारले वार्ता गरिरहनुभएको छ । म उहाँहरुलाई त्यसको लागि धन्यवाद दिन चाहन्छु, त्यो सबै विषयमा मैले राम्रोसँग जानकारी लिइसकेको छैन । त्यसबारेमा राम्रोसँग जानकारी नलिकन विचार व्यक्त गर्नु उपयुक्त हुँदैन । भइरहेका प्रयत्नहरु बुझौँ अनि भन्न सकिन्छ । अब बोल्ने भन्दा पनि काम गर्ने समय आएको छ । म वार्ताबाट समस्याको समाधान गर्ने प्रयत्न गर्दछु । मेरो सम्पूर्ण ध्यान त्यसमा केन्द्रित हुनेछ ।’

मन्त्री पन्तले अब बोल्ने भन्दा काम गर्ने समय आएको बताएका छन् ।


प्रकाशित मिति: ११ बैशाख २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?