Trending
>>   विचौलिया प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्छः सभापति थापा >>   वाणिज्य बैंकको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि >>   न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोपः ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु) >>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

कर्मचारीको राजनीतिक सम्बन्ध तोड्न पनि कम्तिमा दुई वर्ष ‘कुलिङ पिरियड’ राख्नैपर्छः सांसद थानी


काठमाडौँ। नेपाली काँग्रेसका सांसद हृदयराम थानीले कर्मचारीको राजनीतिक सम्बन्ध तोड्न पनि कम्तिमा दुई वर्ष ‘कुलिङ पिरियड’ राख्नैपर्ने बताएका छन् ।

बुधवार प्रतिनिधि सभाको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै सांसद थानीले अवकाशलगत्तै कर्मचारीहरू संवैधानिक र राजनीतिक नियुक्ति लिएर स्वार्थको खेल खेल्ने प्रवृत्ति कर्मचारीहरुमा हावी भएको भन्दै यसलाई रोक्न पनि कम्तिका दुई वर्ष कुलिङ पिरियड राख्नैपर्ने जिकिर गरेका छन् । उनले कुलिङ पिरियड नराख्दा समय समयमा सरकार परिवर्तन हुँदा त्यसको प्रभाव स्थायी सरकारमा समेत पर्ने गरेको बताउदै ट्रेड युनियनहरुले विधेयकको लागि ७२ घण्टे अल्टिमेटम दिएको उल्लेख गर्दै नासुको विषयमा समेत सहमति गर्नुपर्ने बताएका छन्। मंगलवारको बैठकमा दलगत ट्रेड युनियनका प्रतिनिधिहरुले पाँच वर्ष काम गरेका नायव सुब्बालाई एक तह र १० वर्ष काम गरेकाहरुलाई एक श्रेणी बढुवा गर्ने व्यवस्था गर्न माग गरेका थिए ।

सांसद थानीले भने, ‘नासुका आँसुमा भन्ने कुरामा टे«ड युनियनहरुले भन्नुभएको छ । भोलि स्थायी सरकार सडकमा नउत्रियोस् । कुलिङ पिरियडको सम्बन्धमा एक वर्ष राख्नु हुँदैन । जसरी हामी एकोहोरो तरिकाले सरकार सरकारले चलाइराखेका छौं । त्यसकारण यसको अवधि दुई वर्ष हुनुपर्छ । नियुक्ति गर्ने कुरामा हामीले कुलिङ पिरियड राख्नैपर्छ । कर्मचारीलाई कुन दलको र कुन नेताको भन्ने कुरा अन्त्य गर्नपजि कुलिङ पिरियड अनिवार्य छ । कानून र कुटनीति सेवामा पनि दुई वर्ष राख्नुपर्छ ।’

उनले सरकारको दबाबमा परेर नभई सर्वसहमतिबाट विधेयक पास गर्नुपर्ने बताएका छन् । उनले स्थायी सरकार मानिने कर्मचारीहरुलाई सडकमा नआउने गरी ऐन निर्माण हुनुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: १० बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?