Trending
>>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

कर्मचारीको राजनीतिक सम्बन्ध तोड्न पनि कम्तिमा दुई वर्ष ‘कुलिङ पिरियड’ राख्नैपर्छः सांसद थानी


काठमाडौँ। नेपाली काँग्रेसका सांसद हृदयराम थानीले कर्मचारीको राजनीतिक सम्बन्ध तोड्न पनि कम्तिमा दुई वर्ष ‘कुलिङ पिरियड’ राख्नैपर्ने बताएका छन् ।

बुधवार प्रतिनिधि सभाको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै सांसद थानीले अवकाशलगत्तै कर्मचारीहरू संवैधानिक र राजनीतिक नियुक्ति लिएर स्वार्थको खेल खेल्ने प्रवृत्ति कर्मचारीहरुमा हावी भएको भन्दै यसलाई रोक्न पनि कम्तिका दुई वर्ष कुलिङ पिरियड राख्नैपर्ने जिकिर गरेका छन् । उनले कुलिङ पिरियड नराख्दा समय समयमा सरकार परिवर्तन हुँदा त्यसको प्रभाव स्थायी सरकारमा समेत पर्ने गरेको बताउदै ट्रेड युनियनहरुले विधेयकको लागि ७२ घण्टे अल्टिमेटम दिएको उल्लेख गर्दै नासुको विषयमा समेत सहमति गर्नुपर्ने बताएका छन्। मंगलवारको बैठकमा दलगत ट्रेड युनियनका प्रतिनिधिहरुले पाँच वर्ष काम गरेका नायव सुब्बालाई एक तह र १० वर्ष काम गरेकाहरुलाई एक श्रेणी बढुवा गर्ने व्यवस्था गर्न माग गरेका थिए ।

सांसद थानीले भने, ‘नासुका आँसुमा भन्ने कुरामा टे«ड युनियनहरुले भन्नुभएको छ । भोलि स्थायी सरकार सडकमा नउत्रियोस् । कुलिङ पिरियडको सम्बन्धमा एक वर्ष राख्नु हुँदैन । जसरी हामी एकोहोरो तरिकाले सरकार सरकारले चलाइराखेका छौं । त्यसकारण यसको अवधि दुई वर्ष हुनुपर्छ । नियुक्ति गर्ने कुरामा हामीले कुलिङ पिरियड राख्नैपर्छ । कर्मचारीलाई कुन दलको र कुन नेताको भन्ने कुरा अन्त्य गर्नपजि कुलिङ पिरियड अनिवार्य छ । कानून र कुटनीति सेवामा पनि दुई वर्ष राख्नुपर्छ ।’

उनले सरकारको दबाबमा परेर नभई सर्वसहमतिबाट विधेयक पास गर्नुपर्ने बताएका छन् । उनले स्थायी सरकार मानिने कर्मचारीहरुलाई सडकमा नआउने गरी ऐन निर्माण हुनुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: १० बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?