Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

पर्वतारोही निमा रिन्जी शेर्पा र पूर्णिमा श्रेष्ठ जलवायु अभियन्ता मनोनित


काठमाडौँ। संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) नेपालले जलवायु न्यायप्रति जनचेतना अभिवृद्धि गर्ने आफ्नो पहलअन्तर्गत दुई पूर्णिमा श्रेष्ठ र निमा रिन्जी शेर्पालाई जलवायु अभियन्ताका रूपमा मनोनित गरेको छ ।

यूएनडीपीको सामाजिक सञ्जाल अभियानको पूर्वसन्ध्यामा पर्वतारोही द्वय शेर्पा र श्रेष्ठलाई जलवायु अभियन्ताका रूपमा मनोनित गरेको हो । यस सहकार्यले लैङ्गिक उत्तरदायी जलवायु न्यायमा क्रियाशील युवाहरूको नयाँ पुस्तालाई प्रतिनिधित्व गर्ने युएनडिपीको विश्वास रहेको छ ।

यस अभियानको मुख्य उद्देश्य महिला र आदिवासी समुदायजस्ता संवेदनशील समुदायहरूमा जलवायु परिवर्तनले परिरहेको असमान प्रभावहरूलाई उजागर गर्नु रहेको युएनडिपीको भनाइ छ । नेपालको विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य प्रभाव भएपनि नेपालका उच्च पहाडी र हिमाली क्षेत्रका वासिन्दाहरूले गम्भीर जलवायु असरहरूको सामना गर्नुपरेको छ । यो क्रमशः बढ्दै जाँदा हिमनदी खुम्चिँने र जैविक विविधताको ह्रास आउनेदेखि कृषि, स्वास्थ, खानेपानी, पूर्वाधार, शिक्षा र मानिसको जीवनयापनलाई समेत असर पर्ने देखिन्छ ।

सन् २०२० मा यूएनडिपी र इसिमोडले तीन वर्ष लगाएर गरेको एक अध्ययनले नेपालमा २ हजार ३ सय २३ हिमताल छन् भने ४७ वटा हिमताल अति नै जोखिममा रहेको देखाएको छ । विश्वको हिमनदी प्रणालीको महत्वपूर्ण स्थान ओगटेका यी हिमालहरूलाई भविष्यका पुस्ताहरूका लागि सुरक्षित राख्न तत्काल सामूहिक प्रयास आवश्यक रहेको पनि युएनडिपीको सुझाव छ ।


प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?