Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

आज मिति २०८२ साल वैशाख ०९ गते मंगलबार ,हेर्नुहोस् आजको राशिफल


आज मिति २०८१ साल वैशाख ०९ गते मंगलबार ( April 22 2025) वैशाख कृष्णपक्ष,नवमी, १३:१८ बजेपछि दशमी

मेष – बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला, बोलीको गलत अर्थ लाग्ने तथा तपाईंको निर्णय आफैलाई आत्मघाती हुनसक्छ । आफन्त, साथीभाइ तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । मायाप्रेममा सानो कुराले मनमुटाव सिर्जना हुन सक्छ ।

वृष – राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । पढाइ लेखाइमा मन जानाले भनेजस्तो नतिजा ल्याउन सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरुबीच घनिष्टता बढेर जानेछ ।

मिथुन – लामो समयदेखि थाँती रहेको आर्थिक मुद्दा हल भएर जानेछन् । लामो दूरीको विदेश यात्राको सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्य रुपैया पैसा कमाउन सक्नेछन् । स्वदेश तथा विदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ ।

कर्कट – सरकारी तथा पैत्रिक धन सम्पत्ति हातलागी हुने सम्भावना रहेको छ भने व्यापार व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरुभन्दा अगाडि बढ्न सकिनेछ । इच्छा आकाङ्क्षा तथा मनोकामना पूरा हुने समय रहेको छ ।

सिंह – नयाँ काम गरी समाजको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । रोजगारीका अवसर सिर्जना गरी मनग्य धनसम्पत्ति कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट लाभ पाउनेछन् । पढाइलेखाइमा उत्कृष्ट नतिजाका साथ सिँढीहरु चढ्न सकिनेछ ।

कन्या – लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला, बाटोमा दुःख हुनसक्छ । सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शून्य जस्तै हुनेछ । राजनीति तथा समाज सेवामा गरिएको लगानी बालुवामा पानी जस्तै हुनेछ ।

तुला – व्यापार व्यावसाय तथा सेयरबजार जस्ता क्षेत्रमा लगानी गरी मनग्य आम्दानी गर्न सकिनेछ । पुराना तथा बाँकी रहेका काम सुचारु हुनेछन् भने नयाँ काम गरी मनग्य धन सङ्ग्रह गर्न सकिन्छ । अध्ययन अध्यापनमा सुधार गरी पुरस्कार तथा प्रशंसापत्र जित्न सकिन्छ ।

बृश्चिक – व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्य धन तथा धातु सङ्ग्रह गर्न सकिनेछ । पढाइलेखाइमा सफलता प्राप्त हुनेछ भने अध्ययनकै लागि राम्रो स्थानमा स्थानान्तरण हुने अधिक सम्भावना छ । मायाप्रेममा एकअर्काको भावना बुझ्न सकिने हुँदा एउटै बाटो हिँड्न सकिनेछ ।

धनु – व्यापार व्यावसाय फस्टाएर जाने हुनाले अन्य व्यावसायमा पनि लगानी गर्ने अवसर आउनेछ । विद्यार्थीहरुले पढाइलेखाइमा राम्रो नतिजा ल्याई पुरस्कार जित्न सक्नेछन् । प्रेममा सामीप्यता बढेर जानेछ भने दाम्पत्य जीवन सुखी रहनेछ ।

मकर – व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुँदा दैनिक कामहरु प्रभावित हुनेछन् । मायाप्रेममा एकअर्कालाई अविश्वास गर्नाले छुट्टिनुपर्ने अधिक सम्भावना छ । मानव निर्मित तथा भौतिक वस्तुको प्रयोग गर्दा सावधान अपनाउनु होला, अप्रिय घट्ना हुन सक्छ ।

कुम्भ – राजनीति तथा समाज सेवामा जनताको समर्थन पाइने हुनाले राज्यबाट पद प्रतिष्ठा प्राप्त हुने समय रहेको छ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी मनग्य लाभ लिन सकिनेछ । आमा वा अग्रजको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

मीन – पराक्रम बढेर जाने हुनाले काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाइलो यात्रा हुन सक्छ ।

 


प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?