Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

तेस्रो राष्ट्रिय रूपमा निर्धारित योगदान कार्ययोजना सबैको साझा बन्छः वनमन्त्री ठकुरी


काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले तेस्रो राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडीसी ३.०) को कार्य योजनालाई सबैको साझा बनाउने गरी तयारी गरिरहेको बताएका छन् ।

नेपाल ट्रेड युनियन काँग्रेसद्वारा सोमवार काठमाडौंमा आयोजित जलवायु परिवर्तन, न्यायोचित रूपान्तरण, एनडीसी ३.० सम्बन्धी नीति संवादमा बोल्दै उनले जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्दै जाने विषयमा सरकार गम्भीर रहेको बताएका छन् । उनले सन् २०४५ सम्ममा कार्बन उत्सर्जनलाई शुन्यमा झार्ने महत्वपूर्ण लक्ष्य रहेको बताउँदै त्यसबाट हुनेसक्ने असरप्रति सरकार संवेदनशील भएको बताएका छन्। उनले जलवायु परिवर्तनको असरलाई न्युनिकरण र कार्बन उत्सर्जनलाई शुन्यमा झार्ने प्रक्रियाको तयारी गर्दै जाँदा श्रमिक वर्गलाई पर्न सक्ने रोजगारीको जोखिमप्रति सबै क्षेत्रले ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘हाम्रो देशमा श्रमिक क्षेत्र बढी छ । जलवायु परिवर्तनको कारणले यो क्षेत्र प्रभावित हुने निश्चित छ । जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्दै जाने र सन् २०४५ सम्ममा हामीले कार्बन उत्सर्जनलाई शुन्यमा झार्ने महत्वपूर्ण लक्ष्य छ,त्यो गर्नको लागि हामीले सबै प्रक्रियाहरू तयारी गर्दै जाँदा श्रमिक वर्गलाई पर्न जाने समस्यालाई समयमै सरकार र ट्रेड युनियन लगायतका क्षेत्रहरूले रोजगारीको सुरक्षा गर्नु आवश्यक छ ।’

मन्त्री शाहीले सबै विषयहरूलाई ध्यानमा राखेर एनडीसीलाई पूर्णता दिइने धारणा राखेका छन्।


प्रकाशित मिति: ८ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?