Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

वनस्पति क्षेत्र को थप विकास र व्यवस्थित गर्न जरुरीः वनमन्त्री ठकुरी


काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालको वनस्पती क्षेत्रको अध्ययन र अनुसन्धान गरी थप व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन् ।

वनस्पति विभागको ६५ औं वार्षिकोत्सव तथा २६ औं वनस्पति दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वमै नपाइने वनस्पतिहरु नेपालमा रहेको भन्दै यसको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। उनले नेपालले विभिन्न प्रजाति, हावा, प्राकृतिक श्रोत, भूबनावटले आफ्नै पहिचान बनाएको बताएका छन् । उनले नेपालमा रहेका वनस्पतीहरुको अध्ययन र अनुसन्धान गरेर थप व्यवस्थित र विकास गर्नसके देशको समृद्धिका लागि महत्वपूर्ण सावित हुने जिकिर गरेका छन् ।

मन्त्री ठकुरीले भने, ‘नेपाल विभिन्न प्रजातिहरु, हाम्रो यो अत्यन्तै हाम्रो हावा, प्राकृतिक श्रोत, भूबनावट, नेपालको आफ्नै किसिमको पहिचान, भूबनावट, नेपाल अनेक प्रजातिका फूलहरु, वनस्पतिहरु रहेको देश नेपाल हो । यहाँ अध्ययन अनुसन्धान गरेर यसलाई थप व्यवस्थित र विकास गर्न यो विभागले महत्वपूर्ण योगदान गर्दै आएको छ । आफ्नो देशमा मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमा पनि अनुसन्धानका माध्यमबाट र आफ्ना खाजे र अनुसन्धानका माध्यमबाट चिनाउन सफल भएको छ । आगामी दिनमा पनि वनस्पति विभागले वनस्पतीसँग सम्बन्धित भएका धेरै कुरा अगाडि ल्याउन सफल हुनेछ ।’

मन्त्री ठकुरीले नेपालमा ३ सय भन्दा बढी वनस्पति श्रोत रहेको भन्दै त्यसलाई जगेर्ना गर्न जरुरी रहेको बताएका छन् ।


प्रकाशित मिति: २९ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?