Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

वनस्पति क्षेत्र को थप विकास र व्यवस्थित गर्न जरुरीः वनमन्त्री ठकुरी


काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालको वनस्पती क्षेत्रको अध्ययन र अनुसन्धान गरी थप व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन् ।

वनस्पति विभागको ६५ औं वार्षिकोत्सव तथा २६ औं वनस्पति दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वमै नपाइने वनस्पतिहरु नेपालमा रहेको भन्दै यसको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। उनले नेपालले विभिन्न प्रजाति, हावा, प्राकृतिक श्रोत, भूबनावटले आफ्नै पहिचान बनाएको बताएका छन् । उनले नेपालमा रहेका वनस्पतीहरुको अध्ययन र अनुसन्धान गरेर थप व्यवस्थित र विकास गर्नसके देशको समृद्धिका लागि महत्वपूर्ण सावित हुने जिकिर गरेका छन् ।

मन्त्री ठकुरीले भने, ‘नेपाल विभिन्न प्रजातिहरु, हाम्रो यो अत्यन्तै हाम्रो हावा, प्राकृतिक श्रोत, भूबनावट, नेपालको आफ्नै किसिमको पहिचान, भूबनावट, नेपाल अनेक प्रजातिका फूलहरु, वनस्पतिहरु रहेको देश नेपाल हो । यहाँ अध्ययन अनुसन्धान गरेर यसलाई थप व्यवस्थित र विकास गर्न यो विभागले महत्वपूर्ण योगदान गर्दै आएको छ । आफ्नो देशमा मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमा पनि अनुसन्धानका माध्यमबाट र आफ्ना खाजे र अनुसन्धानका माध्यमबाट चिनाउन सफल भएको छ । आगामी दिनमा पनि वनस्पति विभागले वनस्पतीसँग सम्बन्धित भएका धेरै कुरा अगाडि ल्याउन सफल हुनेछ ।’

मन्त्री ठकुरीले नेपालमा ३ सय भन्दा बढी वनस्पति श्रोत रहेको भन्दै त्यसलाई जगेर्ना गर्न जरुरी रहेको बताएका छन् ।


प्रकाशित मिति: २९ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?