Trending
>>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा >>   सुकुम्बासी नागरिकको पुनःस्थापनामा भएको उपलब्धि सार्वजनिक गरियोस्ः सांसद थपलिया
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

तीनकुनेमा आगजनी र तोडफोड गर्ने माओवादी कार्यकर्ता हुन्ः ज्ञानबहादुर शाही


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गत चैत १५ गते सार्वजनिक तथा निजी सम्पतीमाथि आगजनी र तोडफोड गर्ने माओवादीका कार्यकर्ता भएको आरोप लगाएका छन् ।

मंगलवार राप्रपाले बल्खुमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । टोडफोड गर्न कार्यकर्ता पठाएर झुटा मुद्दामा राप्रपा नेताहरु धवल समशेर राणा, रविन्द्र मिश्र र पशुपति खड्कालाई थुनिएको उहाँको आरोप छ । पक्राउ गरिएका राप्रपा नेता कार्यकर्ताहरुलाई नछोडिए जनताले गणतनत्रवादी नेतहरुको घर घेर्ने दिन आउने उनको चेतावनी छ । उनले जनताले घर घेरे भागेर कहाँ जान्छौं ? भन्दै गणतन्त्रवादी नेताहरुलाई प्रश्न समेत गरेका छन् ।

प्रमुख सचेतक शाहीले भने, ‘अहिले प्रमाणित भयो । सरकार सम्पती तोडफोड गर्ने, जडिबुटीमा आगो लाउने माओवादीको कार्यकर्ता भएको आज पुष्टि भएको छ । त्यस्ता भिजलान्तेहरु प्रयोग गरेर, झुटा मुद्दा लगाएर हाम्रा साथीहरुलाई थुनिएको छ । पार्टी उपाध्यक्ष रविन्द्र मिश्र र माननीय सांसद धवल समशेर राणा, पशुपति खड्का लगायत राष्ट्रवादी साथिहरुलाई थुनिएको छ । म सरकारलाई अपिल र अनुरोध गर्न चाहान्छु झुटा मुद्दा लगाएर थुन्ने कोशिस नगरियोस् । यदि थुन्ने कोशिस गरियो भने भोलि हजारौं जनताले तिमीहरुको घर घेर्नेछन् । त्यो दिन भागेर तिमीहरु कहाँ जाने ? यि झुटा मुद्दाहरु तत्काल फिर्ता गरियोस् । ’

उनले पटक पटक सत्तामा बसेका नेताहरुले उद्योगभन्दा बेचेर खाएको समेत आरोप लगाएका छन् ।


प्रकाशित मिति: २६ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?