२० चैत्र, कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपालीमाथि कुटपिट गरेको छ । एसएसबीले कञ्चनपुरका ४ जना नेपाली नागरिकमाथि निर्घात कुटपिट गरेको हो ।
निर्घात कुटपिटमा पर्नेमा नगरपालिका– १० गड्डाचौकीका सुरेन्द्र कार्की, रमेश गिरी तथा भीमदत्त– ५ का रतन ठगुराठी र गोविन्दप्रसाद जैसी (डब्लु) रहेका छन् । उनीहरूलाई आवतजावत बन्द भएको समयमा आएको भन्दै कुटपिट गरेको जनाइएको छ ।
घटनापछि नेपाली सशस्त्र प्रहरीले एसएसबीसँग जानकारी लिएको जनाएको छ ।
उत्तराखण्डस्थित वनबासा पुलवारिमा घटना भएका कारण यसबारे थप बुझ्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: २० चैत्र २०७९, सोमबार