Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

तनहुँमा विवेकशील साझाको समर्थन राष्ट्रिय स्वतन्त्र पार्टीलाई


२० चैत्र, तनहुँ । तनहुँमा विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्ने भएको छ । तनहुँ क्षेत्र नम्बर १ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा रास्वपालाई समर्थन गर्ने विवेकशीलले निर्णय गरेको हो ।

गत मंसिरमा भएको निर्वाचनबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त रहेको उक्त क्षेत्रमा १० वैशाखमा उपनिर्वाचन हुँदै छ ।

पार्टीले जारी गरेको विज्ञप्तीमा लेखिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले आर्थिक क्षेत्रमा अन्तर्राष्ट्रिय रूपमा विज्ञता हासिल गर्नुभएको र हालको अवस्थामा उहाँको विज्ञता नेपालको संसदमा आवश्यकता पर्ने महसुस गर्दै विवेकशील साझा पार्टी, तनहुँले राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थन गर्दछ ।’

उक्त क्षेत्रबाट रास्वपाका डा. स्वर्णीम वाग्लेले उम्मेदवारी दर्ता गराएका छन् ।


प्रकाशित मिति: २० चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?