Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

ट्रम्पले ७५ दिन थपे टिकटकमाथिको प्रतिवन्धको म्याद


एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार लोकप्रिय भिडियो–सेयरिङ एप टिकटकलाई गैर–चिनियाँ कम्पनीलाई बेच्न वा संयुक्त राज्य अमेरिकामा प्रतिवन्धित हुने जोखिम लिन थप ७५ दिनको म्याद दिने बताएका छन् ।

आफ्नो प्रशासन टिकटकलाई बचाउने सम्झौतामा धेरै कडा परिश्रम गरिरहेको उनको दाबी छ । सबै आवश्यक अनुमोदनहरूमा हस्ताक्षर भएको सुनिश्चित गर्न सम्झौतामा थप काम आवश्यक रहेको र टिकटकलाई थप ७५ दिनसम्म सञ्चालनमा राख्न कार्यकारी आदेशमा हस्ताक्षर गरेको बताए । आफूहरु चीनसँग राम्रो विश्वासका साथ काम गरिरहने आशा गरेको बताएका छन्।

अप्रिल २०२४ मा तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनले निराधार राष्ट्रिय सुरक्षा चिन्ताहरू उद्धृत गर्दै बाइटडान्सलाई टिकटक बेच्न २७० दिनको समय दिने कानूनमा हस्ताक्षर गरेका थिए । जनवरी २० मा पदभार ग्रहण गरेका ट्रम्पले पहिले टिकटक प्रतिवन्धलाई ७५ दिन ढिलाइ गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।


प्रकाशित मिति: २३ चैत्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?