Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

कृषिमा राष्ट्रलाई आत्मनिर्भर बनाउन वित्तीय संस्थाको सहयोग आवश्यकः कृषिमन्त्री


काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले धराशायी भएको व्यावसायहरुलाई व्यवस्थापन गरी सही मार्गमा लैजान सरकारले अध्यादेशमार्फत ऐन ल्याएको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले ल्याएको अध्यादेशको सकारात्मक परिवर्तन बजारमा देखिन थालेको दाबी गरेका छन् । उनले वर्तमान सरकार समयको गतिसँगै समयसापेक्ष रुपमा अगाडि बढेको जिकिर गरेका छन् । जनतालाई आइपर्ने जुनसुकै समस्या पनि वर्तमान सरकारले सम्बोधन गरेर समाधान गर्ने उनको भनाइ छ ।

उनले भने, ‘सरकारको तर्फबाट अध्यादेशको माध्यमबाट चाँडो भन्दा चाँडो धरासायी भएको सम्पूर्ण व्यवस्थालाई व्यवस्थापन गर्न सकिन्छ भनेर हामीले चाँडो ऐन ल्याएर जुन ढंगबाट हामीले व्यवस्थापन शुरु गर्यौ, आज बिस्तारै चेन्ज बजारमा आउँदैछ । यस्लाई हामीले अध्ययन गरेकै छौँ नि, त्यसकारण म यसमा लामोतर्फबाट के के नै ग¥यो भन्दा पनि हामीले भएका असजिलालाई हटाउँदै समयसापेक्ष समय र परिस्थतिलाई मध्यनजर गर्दै समय अनुसार हिड्न सक्ने सरकारको आवश्यकता छ र समय अनुसार सरकार अगाडि बढ्छ । जनतालाई आइपर्ने कुनैपनि समस्याको समाधान यही सरकारले गर्छ ।’

मन्त्री अधिकारीले केही सीमित कृषि व्यवासायीहरुले पैसा कमाउन सके पनि आत्मनिर्भर किसान सँधै गरिबीमा बाँच्नुपरेको बताउदै उनले कृषि क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउन सरकार एक्लैको पहलले नपुग्ने बताए । गरिब किसानलाई व्यावसायिक बनाउन वित्तीय क्षेत्रका संघसंस्थाले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘समृद्धि र गरिबीमा बाँचेको किसानलाई कसरी माथि उठाउन सकिन्छ ? त्यसतर्फ सोचेनौँ भने मुलुकमा सीमितले व्यवसाय गरौला, सीमित मान्छेले पैसा कमाउला तर उनीहरुको गरिबीको अन्त्य चाहीँ कहिले हुन्छ त ? हामीसँग यो चुनौती छ । यो चुनौतीलाई सँगै लिएर जानुपर्ने जरुरी छ । त्यसकारण मैले यहाँहरुलाई भनेँ त्यो गरिबीलाई माथि उठाउने एउटा दायित्व, व्यावसायिक रुपमा खेती गर्ने किसान अर्को दायित्व अनि हामी आत्मनिर्भरतर्फ सबै नेपालीहरुलाई बनाउने भनेको मैले उत्पादन गरेको चामल, मैले उत्पादन गरेको मकै, मैले उत्पादन गरेको तरकारी र मैले उत्पादन गरेको भन्छामा चल्ने चिज हामीले उत्पादन गर्न सक्यौ भने आयातको भरमा मात्रै बाँच्न सकिँदैन । त्यसकारण म निजी क्षेत्रमा सम्लग्न हुनुहुने र उद्योग वाणिज्य संघ जस्तै निजी साजोदारीसँग विशेष आग्रह छ कि सरकारले एक्लैले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन सक्दैन, सबैको सहयोग जरुरी छ ।

मन्त्री अधिकारीले आफू व्यावसायिक किसान नभएपनि आत्मनिर्भर किसान भएको बताउदै रुद्राक्ष खेती र व्यवसायका बारेमा माथिल्लो तहको शिक्षाबाट प्राविधिक उत्पादन गर्न सक्नु पर्ने बताए । रुद्राक्ष खेती विदेशी मुद्रा आम्दानीको राम्रो स्रोत हुने भएकाले आत्मनिर्भर हुने गरी खेती गर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २३ चैत्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?