Trending
>>   काठमाडौं फिल्म फेस्टिभलले पर्यटन र संस्कृति प्रवर्द्धन गर्ने विश्वास:सुनिता डंगोल >>   विचौलिया प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्छः सभापति थापा >>   वाणिज्य बैंकको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि >>   न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोपः ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु) >>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

राजतन्त्र फर्किन सम्भव छैनः रक्षामन्त्री राई


काठमाडौँ। रक्षामन्त्री मानवीर राईले देशमा अराजकता देखा परिरहेको बताएका छन् ।

शनिवार काठमाडौंमा किराँत राई कर्मचारी मञ्चले आयोजना गरेको १५ औं स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले इतिहासले तत्कालीन राज्यलाई फालेको, लिच्छवीकालीन, मल्लकालीन शासन फालेको उल्लेख गर्दै शाह र राणाहरु पनि आन्दोलनबाट फालिएको उल्लेख गरेका छन् । उनले इतिहासमा फर्किनु भनेको मृत्युवरण गर्नुभएका पूर्खाहरुलाई पनि फर्काउने तर्क भएको बताए । राजतन्त्र फर्काउने कुराप्रति टिप्पणी गर्दै उनले राजतन्त्र फर्काउने कुरा सम्भव नरहे पनि प्रयास जारी रहेको बताए । उनले आफूहरुले पनि विभिन्न नाममा आन्दोलन गरेको तर व्यक्तिको घरमा आगो लगाउने, लुट्ने, पत्रकार जलाउने काम नगरेको बताउंदै आफूहरुले मान्छेलाई जिउँदो जलाउने काम नगरेको भन्दै अहिले अराजकता देखिएको उल्लेख गरेको छन् ।

रक्षामन्त्री राईले भने, ‘हामी समयको कालखण्डसँगै परिमार्जित हुँदै आयौँ । इतिहासले तत्कालीन राज्यलाई फाल्यो । इतिहासले लिच्छवीकालीन, मल्लकालीन फाल्यो । शाह र राणाहरु फाल्यो । इतिहास पछाडि फर्किने भनेको हाम्रा मरेका बाउबाजे पनि फर्किन्छन् भन्ने हो । तर फर्काउन खोजिँदैछ । हामीले कसैले काँग्रेस, कसैले एमाले, कसैले माओवादी भएर आन्दोलन गरेका छौँ । त्यस्तो लुट्ने र प्रहरीमाथि गाडी गुडाउन हामीले खोजेनौँ । अलि अलि बारहरुसम्म भत्काएकै हो । तर हामीले व्यक्तिको घरमा आगो लगाएनौँ । पत्रकारहरुलाई आगो लगाएनौँ । पत्रकार र पत्रपत्रिकाको उद्योग माथि आगो लगाएनौँ । मान्छेलाई जिउँदो जलाएनौँ । हामीले लुट मच्चाएनौँ । आज त यस्तो खालको अराजक देखा पर्दैछ ।’

मन्त्री राईले किराँत राई समुदायका मानिसहरु बेइमानी हुन नहुने बताएका छन् ।


प्रकाशित मिति: २३ चैत्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?