Trending
>>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना >>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

सगरमाथा संवादमा मोदीजी नेपाल आउनुहुन्न, मेरो समय मिले त्यसअघि नै भारत भ्रमण हुनसक्छः प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउने बताएका छन् ।

सगरमाथा संवादको समयमा नै मोदीले युरोपको भ्रमण गर्ने कार्यक्रम तय भइसकेकाले नेपाल आउन नपाउने तर भारतबाट उच्चस्तरको प्रतिनिधि सहभागी हुने जानकारी गराएका छन् । शनिवार थाइल्याण्डको औपचारिक भ्रमण सेकर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा थाइल्याण्ड भ्रमणमा भारतीय प्रधानमन्त्री मोदीसँग आफ्नो भेट भएको र भेट सुमधुर भएको बताएका छन् । उनले पारस्परिक सहयोगका विभिन्न क्षेत्रहरुको सम्बन्धमा र पञ्चेश्वर आयोजना, व्यापार, दोधारा चाँदनीमा महाकालीबाट सिंचाई गर्ने कुराहरुमा छलफल भएको बताए । नेपाल—भारत सम्बन्धलाई अझ व्यापक विस्तृत, सुदृढ गर्दै लैजाने र देखिएका समस्यालाई तत्काल छलफल गरी टुंग्याउने बारेमा समझदारी भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘भारतका प्रधानमन्त्री मोदीजीसँग भेट भयो, श्रीलंकाका प्रधानमन्त्री, भूटान, म्यानमारका प्रधानमन्त्रीसँग पनि भेट भयो । खासगरी भारतीय प्रधानमन्त्रीसँगको भेट कस्तो भयो र के भयो भन्ने चासो छ । भेट अत्यन्तै राम्रो भयो । सुमधुर वातावरणमा मित्रता र हार्दिकताका साथ भेट भयो । यस पल्ट सगरमाथा संवादमा मोदीजी आउन भ्याउनु हुन्न । यसकारण की उहाँको पहिला नै त्यसैबेला युरोप जाने कार्यक्रम जाने तय भइसकेको रहेछ । त्यसलाई बदल्नसक्ने अवस्था नभएकाले उहाँ यहाँ आउन सक्नुहुन्न तर भारतको राम्रै स्तरबाट प्रतिनिधित्व हुन्छ । धेरै लामो होइन, दुई प्रधानमन्त्रीका बीचमा गत सेप्टेम्बरमा हाम्रो कुरा भएको थियो । सेप्टेम्बरमा तपाईंहरुले भनेको जस्तो कुनै नराम्रो भएको होइन । नराम्रो केलाई भन्ने फ्रेण्डली कुराकानी गरेका थियौँ । यसपल्ट त्यस भन्दा बढी राम्रो कुराकानी भयो । पारस्परिक सहयोगका विभिन्न क्षेत्रहरुको सम्बन्धमा हाम्रा लगानीका क्षेत्रहरु, व्यापारका क्षेत्रहरुका सन्दर्भमा र पञ्चेश्वर लगायतका विषयहरु, दोधारा चाँदनीमा महाकालीबाट सिंचाई गर्ने कुराहरु लगायतका कुराहरुमा छलफल भयो । दुई पक्षिय पारस्परिक हितका बारेमा कुराकानी भए । व्यापकै क्षेत्रमा कुराकानी भएको छ । हामीले एउटा अठोट गरेका छौँ, नेपाल—भारत सम्बन्धलाई अझ व्यापक विस्तृत, सुदृढ गर्दै लैजाने र कुनै सानातिना छिमेकमा समस्या देखिन सक्छन्, त्यस्तो तत्काल कुराकानी गर्ने र टुंग्याउने भन्नेकुरा हामीले गहिरो समझदारी गरेका छौँ । यो भेटघाट फलदायी भयो र खुशी छु । उहाँको कुराकानीबाट उहाँ पनि खुशी हुनुहुन्छ भन्ने मैले पाएको छु । भारत भ्रमण असम्भव कुरा थियो र ? कतिपय कारणले नभ्यारहेको स्थितिले मात्रै हो । अवरुद्ध भयो भन्ने जस्तो बाहिर छ त्यस्तो होइन । काँडेतार लगाएको छ र कसैले ? त्यस्तो होइन । ठिकै ढंगले बुझ्दा हुन्छ । हामीले भ्याउँछौँ भन्यौँ भने सगरमाथा संवादअघि भारत भ्रमण हुन पनि सक्छ ।’

प्रधानमन्त्री ओलीले नेपालबाट भारत भ्रमण सगरमाथा संवादका कारण केही व्यस्तता रहेपनि आफूले समय मिलाउनसके हुनसक्ने बताएका छन् ।


प्रकाशित मिति: २३ चैत्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?