Trending
>>   आज मिति २०८२ साल वैशाख ०१ गते सोमबार ,हेर्नुहोस् आजको राशिफल >>   कोशीमा भारतीय पर्यटकको आगमनलाई झन्झट रहित बनाइँदै >>   जनकपुरमा सरकारविरुद्ध विरोध प्रदर्शन >>   आन्दोलनरत शिक्षकहरुलाई संसदीय समितिको आग्रहः माग सम्बोधन हुन्छन्, आन्दोलनलाई पुनर्विचार गर्नुस् >>   सबैलाई मिलाउनसक्ने संविधान छ, कुनै एक दलले बहुमत ल्याउन गाह्रो छः सभापति देउवा >>   ‘पूर्वराजा शाहलाई समितिमा बोलाउने नीतिगत व्यवस्था नै छैन’: संघीय संसद सचिवालय >>   जनतामा पैदा भएको जागरुकताले ०८२ सालमा परिणाम हासिल गर्छ : ज्ञानेन्द्र शाह >>   अमेरिका भन्सार शुल्क वृद्धिबाट आफैँ हारिरहेको छः अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू >>   आउँदो बजेटबाटै सरकारले ५० अर्ब बजेट खर्च घटाउने रणनीति लिनुपर्छः अर्थशास्त्री केशव आचार्य >>   आज मिति २०८१ साल चैत्र ३१ गते आइतबार ,हेर्नुहोस् आजको राशिफल
Logo
२ बैशाख २०८२, सोमबार
२ बैशाख २०८२, सोमबार

तीनकुनेमा भएको घटना पूर्वराजाको उक्सावटमा भएको ‘सफ्ट कू’ होः एमाले सांसद पन्त


काठमाडौँ। नेकपा (एमाले) का सांसद रघुजी पन्तले चैत १५ गते तीनकुनेमा भएको घटना पूर्वराजा ज्ञानेन्द्र शाहको उत्साहटमा भएको ‘सफ्ट कू’ भएको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रको संलग्नताबारे सरकारले जनतालाई स्पष्ट पार्नुपर्ने बताएका छन् । उनले चैत १५ गते भएको घटना संवैधानिक चरित्रको नभएको समेत स्पष्ट पारे । उनले प्रदर्शनकारीहरुले सिंहदरबार, नारायणहिटी र संसद भवन कब्जा गर्ने कुप्रयास गर्दापनि सरकार के हेरेर बसेको ? प्रश्न गरेका छन्। उनले प्रदर्शनका कमाण्डरले सार्वजनिक रुपमा हिंसात्मक अभिव्यक्ति दिएको भएपनि सरकारले समात्न नसकेको भन्दै आपत्ति जनाएका छन् ।

उनले भने, ‘यी सबै भुमिकामा ज्ञानेन्द्र शाहको भुमिका के हो ? छैन भने नभन्नुस छ भने यो यो हो भनेर प्रमाण भनेर जनताको बीचमा आउनुपर्यो । र त्यसो गर्ने जोकोही होस् त्यसलाई सरकारले के गर्छ ? मेरो विश्लेषणमा १५ गतेको पूर्वराजाको उक्सावटमा भएको सफ्ट कू को प्रयत्न हो । यसको क्यारेक्टर कुनै संवैधानिक होइन । सिंहदबार कब्जा गर्ने, नारायणहिटी कब्जा गर्ने र संसद कब्जा गर्ने त्यही त हो । अनि सरकारले के हेरेर बसेको ? दुर्गाले त सार्वजनिक रुपमा बोलेको हो त जे जे हातहतियार पाइन्छ लिएर आउनु भनेर भाषण गरेर हिँड्या छ ।’

यो प्रदर्शनलाई सामान्य ढंगले लिएर छोड्न नहुनेमा उनको जोड छ । यस्ता घटनामा न्यायिक आयोग गठन गर्न नहुने र श्री ५ को सरकार भनेर सम्बोधन गर्नेलाई कारबाही गर्नुपर्नेमा उनको जोड छ ।


प्रकाशित मिति: २२ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?