Trending
>>   आज मिति २०८२ साल वैशाख ०१ गते सोमबार ,हेर्नुहोस् आजको राशिफल >>   कोशीमा भारतीय पर्यटकको आगमनलाई झन्झट रहित बनाइँदै >>   जनकपुरमा सरकारविरुद्ध विरोध प्रदर्शन >>   आन्दोलनरत शिक्षकहरुलाई संसदीय समितिको आग्रहः माग सम्बोधन हुन्छन्, आन्दोलनलाई पुनर्विचार गर्नुस् >>   सबैलाई मिलाउनसक्ने संविधान छ, कुनै एक दलले बहुमत ल्याउन गाह्रो छः सभापति देउवा >>   ‘पूर्वराजा शाहलाई समितिमा बोलाउने नीतिगत व्यवस्था नै छैन’: संघीय संसद सचिवालय >>   जनतामा पैदा भएको जागरुकताले ०८२ सालमा परिणाम हासिल गर्छ : ज्ञानेन्द्र शाह >>   अमेरिका भन्सार शुल्क वृद्धिबाट आफैँ हारिरहेको छः अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू >>   आउँदो बजेटबाटै सरकारले ५० अर्ब बजेट खर्च घटाउने रणनीति लिनुपर्छः अर्थशास्त्री केशव आचार्य >>   आज मिति २०८१ साल चैत्र ३१ गते आइतबार ,हेर्नुहोस् आजको राशिफल
Logo
२ बैशाख २०८२, सोमबार
२ बैशाख २०८२, सोमबार

म आफैँ आन्दोलनमा छुः अध्यक्ष केसी


काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेजीको लागि आफू आन्दोलनमै रहेको बताएका छन् ।

शुक्रवार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष केसीले संविधान निर्माणका वखतदेखि नै आफ्नो पार्टी प्रदेशको विपक्षमा रहेको बताएका हुन् । प्रदेश खारेज नगरी मुलुकमा विकासको ढोका नखुल्ने उनको जिकिर छ । उनले तीनकुनेमा चैत १५ गते भएको घटना लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने नियतका साथ भएको समेत बताए । उनले संविधानमा भएका असहमतिहरुलाई जनमत लिएर हटाउन मिल्ने प्रावधान हुँदाहुँदै शत्रुतापूर्ण तरिकाले अराजकत गतिविधि भइरहेको बताउदै आन्दोलन प्रदर्शनका नाममा प्रणाली सिध्याउने र शत्रुतापूर्ण आन्दोलनप्रति सरकार चनाखो हुनुपर्ने समेत बताएका छन् । उनले तीनकुने घट्नाले लोकतन्त्रण र गणतन्त्र सुरक्षित नगरेको संकेत गरेको उल्लेख गर्दै सबैले चनाखो हुनुपर्ने टिप्पणी गरेका छन् ।

उनले भने, ‘अहिले लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने नियतका साथ यो आन्दोलन आएको छ । संविधानभित्रका कतिपय कुराहरुमा त हाम्रो मतभेद हुनसक्छ नि । त्यो मतभेद त जनतामा त्यस किसिमको प्रभाव पारेर आफ्नो पक्षमा जनमत ल्याएर असहमति भएको विषयलाई हटाउने हो । त्यसको बहाना प्रणाली नै सिध्याउने र शत्रुतापूर्ण आन्दोलनसित सरकार चनाखो हुनुपर्छ । अब म आफैं पनि आन्दोलनमा छु । मैले सरकारलाई भनिराखेको छु प्रदेश हुनुहुन्न । संविधान बनाउँदाका बखतदेखि नै जनमोर्चाले प्रदेश भनेको होइन । गृह मन्त्रालयसँग यति नजिकको ठाउँ, सुरक्षा निकायको नजिकको ठाउँमा जुन खालको घटना घट्यो यो राम्रो भएन । सरकारले पीडितहरुलाई दिएको राहत राम्रै कुरा छ । तीनकुनेको घटनालाई हेर्ने हो भने लोकतन्त्र र गणतन्त्र सुरक्षित छैन । हामी सबै शतर्क हुनुपर्छ । ’


प्रकाशित मिति: २२ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?