Trending
>>   काठमाडौं फिल्म फेस्टिभलले पर्यटन र संस्कृति प्रवर्द्धन गर्ने विश्वास:सुनिता डंगोल >>   विचौलिया प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्छः सभापति थापा >>   वाणिज्य बैंकको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि >>   न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोपः ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु) >>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

आफ्नो अभिव्यक्ति शैली सच्याउने सञ्चारमन्त्रीको प्रतिवद्धता


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रविद्धता जनाएका छन् ।

सोमवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले आफ्नो अभिव्यक्तिका कारण सांसदहरुको मनमा चोट परेको भए क्षमा माग्दै आगामी दिनमा शैली सच्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । आफूले कसैलाई होच्याउनका लागि अभिव्यक्ति नदिएको भन्दै आफ्नो जिब्रो सोझो रहेको र एग्रेसिप लजिकमा विश्वास गर्ने शैली आफ्नो रहेको बताएका छन् ।

उनले भने, ‘एउटा कुरा मैले आज बोल्नैपर्ने भएको छ । मेरो जिब्रो सोझो छ । सिधा छ । घुमाउरो छैन । म फेरि एग्रेसिप लोजिकमा विश्वास गर्छु । शैलीका हिसावले पनि । मैले कुनै मान्यको अपमान गर्ने ढंगले बोलेको पनि थिएन । मेरो मनमा एक प्रतिशत पनि छैन । तर विगतको छलफलमा मैले जेजे शब्दहरु प्रयोग गरेँ, उखान टुक्का हालेँ, जेजे बिम्वहरु प्रयोग गरेँ, त्यसले तपाईंहरुको भावनामा साह्रै चोट पुग्यो भने फिल भयो । तपाईंहरु सबैले बोल्दा । मेरो यो शैलीले गर्दा तपाईंहरुलाई चोट लागेछ भने म आफ्नो शैली सच्याउने प्रतिवद्धता जाहेर गर्दछु ।’
मन्त्री गुरुङले यसअघिको राष्ट्रिय सभा बैठकमा सांसदहरुलाई होच्याउने किसिमले अभिव्यक्ति दिएको भन्दै आलोचना भएको थियो ।


प्रकाशित मिति: १८ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?