Trending
>>   काठमाडौं फिल्म फेस्टिभलले पर्यटन र संस्कृति प्रवर्द्धन गर्ने विश्वास:सुनिता डंगोल >>   विचौलिया प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्छः सभापति थापा >>   वाणिज्य बैंकको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि >>   न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोपः ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु) >>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

रास्वपा सांसद झाको प्रश्नः कर्मचारी मन्त्रीप्रति ‘लोयल’ हुने कि देशप्रति ?


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले कर्मचारी कुनै मन्त्रीप्रति नभई देशप्रति इमान्दार हुनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यसअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरिएकोबारे जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीप्रति लोयल इमानदार नभएको आशय व्यक्त गरेका थिए । सांसद झाले मन्त्रीको चाप्लुसि गर्न कोही पनि कर्मचारी नआए सबैलाई हटाइदिने हो ? भन्दै प्रश्न समेत गरेका छन् । कुनैपनि कर्मचारी, राज्यप्रति, उसको कर्तव्य र जिम्मेवारी तथा संस्थाको लक्ष्य प्राप्तमका निम्ति इमान्दार हुनुपर्ने बताए ।

उनले भने, ‘आज प्रधानमन्त्री कर्मचारी मन्त्रीप्रति लोयल हुने कुरा गरेर जानुभयो । कर्मचारी मन्त्रीप्रति लोयल हुने कि देशप्रति ? मन्त्रीको चाप्लुसि गर्नको लागि कोही कर्मचारी आउँछ ? कस्तो कुरा गरेर जानुभयो उहाँले कि मन्त्रीप्रति लोयल भएन त्यसैले सरुवा गरियो रे । राज्यप्रति, राज्यले तोकेको उसको जब डिस्क्रिप्सनप्रति, उ जे कार्यभार लिएको छ त्योप्रति, उसको संस्थामो लक्ष्यप्रति लोयल हुने कर्मचारी हामीलाई चाहिएको छ । कुनैपनि मन्त्रीप्रति लोयल हुने कर्मचारी होइन ।’

उनले कुनैपनि कर्मचारी मन्त्रीप्रति लोयल हुने संस्कार छोड्न जरुरी रहेको समेत बताएका छन्।


प्रकाशित मिति: १८ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?