Trending
>>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

संविधान र व्यवस्था बलियो तथा सुदृढ बनाउन लोकतन्को सर्भिसिङ आवश्यकः माओवादी सांसद शर्मा


काठमाडौँ। नेकपा (नेकपा माओवादी केन्द्र) की सांसद रेखा शर्माले संविधान र वर्तमान व्यवस्थालाई बलियो र सुदृढ बनाउनको लागि लोकतन्को सर्भिसिङ आवश्यक रहेको बताएकी छिन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले मुलुकमा सुशासन कायम गर्न सकेमात्र लोकतन्त्र सुदृढ हुने उनको भनाइ छ । उनले सरकारमा बसेर भ्रष्ट र बिचौलियाको पक्षमा काम गर्ने कुराले लोकतन्त्र झनझन कमजोर हुँदै जाने बताउदै वर्तमान सरकार विचौचिया पोस्ने दिशामा अगाडि बढिरहेको उनको आरोप छ ।

उनले भनिन्, ‘संविधानलाई बलियो बनाउन, व्यवस्थालाई बलियो र सुदृढ बनाउनको निम्ति लोकतन्त्रको सर्भिसिङ आवश्यक छ । त्यो भनेको के हो त भन्दा सरकारले गर्ने सुशासनका कामहरु हो । सरकारमा बसेर सरकार सञ्चालन गर्ने बेलामा भ्रष्ट र विचौलियाको पक्षमा काम नगर्ने कुराले मात्र लोकतन्त्र बलियो बनाउन सकिन्छ सभामुख महोदय । तर यस्तो हुन सकिरहेको छैन ।’

उनले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको सन्दर्भमा प्रधानमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै खेद व्यक्त गरेकी छिन् ।


प्रकाशित मिति: १८ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?