Trending
>>   काठमाडौं फिल्म फेस्टिभलले पर्यटन र संस्कृति प्रवर्द्धन गर्ने विश्वास:सुनिता डंगोल >>   विचौलिया प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्छः सभापति थापा >>   वाणिज्य बैंकको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि >>   न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोपः ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु) >>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

संविधान र व्यवस्था बलियो तथा सुदृढ बनाउन लोकतन्को सर्भिसिङ आवश्यकः माओवादी सांसद शर्मा


काठमाडौँ। नेकपा (नेकपा माओवादी केन्द्र) की सांसद रेखा शर्माले संविधान र वर्तमान व्यवस्थालाई बलियो र सुदृढ बनाउनको लागि लोकतन्को सर्भिसिङ आवश्यक रहेको बताएकी छिन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले मुलुकमा सुशासन कायम गर्न सकेमात्र लोकतन्त्र सुदृढ हुने उनको भनाइ छ । उनले सरकारमा बसेर भ्रष्ट र बिचौलियाको पक्षमा काम गर्ने कुराले लोकतन्त्र झनझन कमजोर हुँदै जाने बताउदै वर्तमान सरकार विचौचिया पोस्ने दिशामा अगाडि बढिरहेको उनको आरोप छ ।

उनले भनिन्, ‘संविधानलाई बलियो बनाउन, व्यवस्थालाई बलियो र सुदृढ बनाउनको निम्ति लोकतन्त्रको सर्भिसिङ आवश्यक छ । त्यो भनेको के हो त भन्दा सरकारले गर्ने सुशासनका कामहरु हो । सरकारमा बसेर सरकार सञ्चालन गर्ने बेलामा भ्रष्ट र विचौलियाको पक्षमा काम नगर्ने कुराले मात्र लोकतन्त्र बलियो बनाउन सकिन्छ सभामुख महोदय । तर यस्तो हुन सकिरहेको छैन ।’

उनले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको सन्दर्भमा प्रधानमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै खेद व्यक्त गरेकी छिन् ।


प्रकाशित मिति: १८ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?