Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

डिलाशैनीमा ‘गाउँघरमा चिकित्सक कार्यक्रम’


२० चैत्र, बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकामा ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ सञ्चालन हुने भएको छ । जिल्ला अस्पतालको आयोजनामा यही चैत २४ र २५ गते पालिकाको धामी गाउँमा उक्त कार्यक्रम सञ्चालन हुने भएको हो ।

दुर्गम क्षेत्रमा विशेषज्ञ डाक्टरसहित सेवा दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनको तयारी गरिएको अस्पतालका प्रमुख डा दीपेश श्रेष्ठले जानकारी दिए । कार्यक्रममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने छ । उनका अनुसार शिविरमा हाडजोर्नी तथा नशा रोग, बाल रोग, सामान्य चिकित्सा, दाँत तथा मुख रोगसम्बन्धी विशेषज्ञ सेवाका साथै विभिन्न परीक्षण, औषधि तथा परामर्श सेवा प्रदान गरिने छ ।

अस्पतालको पहुँच बाहिर रहेका दुर्गम ठाउँका नागरिकलाई विशेषज्ञ सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको हो ।

यसअघि गत फागुनमा जिल्लाको सिगास र पञ्चेश्वर गाउँपालिकामा सञ्चालन भएकोे ‘गाउँघरमा चिकित्सक कार्यक्रम’बाट एक हजार बढी नागरिक लाभान्वित भएका थिए ।


प्रकाशित मिति: २० चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?