Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

डिलाशैनीमा ‘गाउँघरमा चिकित्सक कार्यक्रम’


२० चैत्र, बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकामा ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ सञ्चालन हुने भएको छ । जिल्ला अस्पतालको आयोजनामा यही चैत २४ र २५ गते पालिकाको धामी गाउँमा उक्त कार्यक्रम सञ्चालन हुने भएको हो ।

दुर्गम क्षेत्रमा विशेषज्ञ डाक्टरसहित सेवा दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनको तयारी गरिएको अस्पतालका प्रमुख डा दीपेश श्रेष्ठले जानकारी दिए । कार्यक्रममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने छ । उनका अनुसार शिविरमा हाडजोर्नी तथा नशा रोग, बाल रोग, सामान्य चिकित्सा, दाँत तथा मुख रोगसम्बन्धी विशेषज्ञ सेवाका साथै विभिन्न परीक्षण, औषधि तथा परामर्श सेवा प्रदान गरिने छ ।

अस्पतालको पहुँच बाहिर रहेका दुर्गम ठाउँका नागरिकलाई विशेषज्ञ सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको हो ।

यसअघि गत फागुनमा जिल्लाको सिगास र पञ्चेश्वर गाउँपालिकामा सञ्चालन भएकोे ‘गाउँघरमा चिकित्सक कार्यक्रम’बाट एक हजार बढी नागरिक लाभान्वित भएका थिए ।


प्रकाशित मिति: २० चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?