Trending
>>   कुकिवन तेक्वान्दो च्याम्पियनसिप हुने >>   एकनाले भरूवा बन्दुक सहित दुई जना पक्राउ >>   नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईं नियुक्त >>   लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कौं : अर्थमन्त्री पौडेल >>   राजावादी समूहको प्रदर्शनमा सहभागि नहुन सरकारको अपिल >>   वीरगञ्ज बालसुधार गृहको तनावः अनुगमन भन्दै महिनामा ७ पटकसम्म पुगेपछि आक्रोशित >>   यी हुन् काँग्रेस सभापति देउवासहित प्रतिनिधि सभामा धेरै गयल हुने सात सांसदहरु >>   हिउँदे अधिवेशन विधायिकी कामको हिसावले सफल : योगेश भट्टराई >>   हिउँदे अधिवेशनले विधायनको क्षेत्रमा प्रभावकारी काम गर्न सकेनः सांसद केसी >>   सरकारको गतिमा सबैको चित्त बुझेको छैन, गेयर बदल्नुपर्यो : सांसद खतिवडा
Logo
१९ चैत्र २०८१, मंगलवार
१९ चैत्र २०८१, मंगलवार

राजावादीहरु मुलुकलाई जबरजस्ती कब्जा गर्ने मानसिकतामा छन्ः सांसद महत


काठमाडौँ। नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले राजावादीहरुको प्रदर्शनबाट पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन योग्य नरहेको स्पष्ट भएको बताएका छन् ।

आईतवार संघीय संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वअर्थमन्त्री महतले प्रदर्शनमा देखिएको अराजकताले पूर्वराजा शाहले निरङ्शकुश राजा बन्न चाहेको आफूहरुको निस्कर्ष भएको बताए । उनले राजावादी समूहहरुको प्रदर्शनका क्रममा उनीहरुलाई जनताको भावनासँग कुनै सरोकार समेत नरहेको देखिएको बताउदै उनले राजावादीहरु मुलुकलाई जबरजस्ती कब्जा गर्ने मानसिकतामा रहेको उल्लेख गर्दै निजी सम्पतीमा क्षति पुर्याउने र उत्तेजना फैलाउनेलाई सरकारले कारबाही गर्ने बताए ।

उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न चाहन्छन् भन्ने पनि राजावादीको आन्दोलनले ठाडै अस्वीकार गर्यो । जुन खालको प्रवृत्ति, क्रियाकलाप र अराजकता देखियो त्यसबाट उनको लक्ष्य भनेको निरङ्कुश राजा नै हुने हो भन्ने निष्कर्ष हाम्रो छ । मुलुक जबरजस्ती कब्जा गर्ने हो भन्ने मानसिकता देखियो । जो त्यो घटनामा संलग्न छन्, तोडफोड गरेका छन्, निजी सम्पतीमा क्षति पुर्याएका छन् र जसले उत्तेजना फैलाएको छ तिनीहरुलाई त सरकारले तथ्य र प्रमाणका आधारमा कारबाही गर्ला ।’

लोकतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था भएको कारण लोकतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन नसक्ने उनको भनाइ छ ।


प्रकाशित मिति: १७ चैत्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?