Trending
>>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस् >>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

हिउँदे अधिवेशन विधायिकी कामको हिसावले सफल : योगेश भट्टराई


काठमाडौँ। नेकपा एमालेका सचिव योगेश भट्टराईले हिउँदे अधिवेशन विधायिकी कामको हिसावले सफल भएको बताएका छन् ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले हिउँदे अधिवेशनमा १३ वटा विधेयकहरु संसदले पास गरेको यो विगतको तुलनामा महत्वपूर्ण उपलब्धि रहेको बताएका छन् । उनले विधायिकी कामको हिसावले आलोचना गर्नुपर्ने ठाउँ नरहेको बताए । उनले सरकारले पनि केही महत्वपूर्ण विधेयकहरु हिउँदे अधिवेशनमा प्रश्तुत गरेको र महत्वपूर्ण रहेको बताएका छन् ।

सचिव भट्टराईले भने, ‘यो हिउँदे अधिवेशनमा १३ वटा विधेयकहरु संसदले पास गरेको छ । विगतको तुलनामा यो धेरै नै महत्वपूर्ण उपलब्धि हो । संसद आज चल्न पाएको भए थप दुई वटा विधेयक पनि पास हुन्थे । विधायिकी कामको हिसावले त्यति आलोचना गर्नुपर्ने ठाउँ छैन । यो बीचमा समितिले पनि पर्याप्त मात्रामा बैठकहरु गर्नुभयो । त्यस कारणले नै यो सम्भव भएको हो । सरकारले पनि केही महत्वपूर्ण विधेयकहरु यो हिउँदे अधिवेशनमा प्रश्तुत गरेको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरी बलको सम्बन्धमा बनेको ऐनलाई विधेयकको रुपमा ल्याएको छ । नागरिकता संशोधन विधेयक ल्याएको छ । नागरिक उड्डयन प्राधिकरण र हवाई उड्डयन प्राधिकरण सम्बन्धी दुई वटा विधेयकहरु जो दशकौंदेखि यो कानून बन्नुपर्छ भनेर आवाज उठिरहेको तर कानून नबनेको हुनाले सरकारले यो विधेयक ल्याएको छ । यद्यपि म संस्कृति, पर्यटन भएको बेलामा पनि यो विधेयक राष्ट्रिय सभाबाट हामीले पारित गरिसकेका छौँ ।’

सचिव भट्टराईले प्रधानमन्त्रीले ४/४ पटक संसदलाई सम्बोधन गर्नु भनेको प्रधानमन्त्रीले संसदलाई विशेष महत्व दिएको पाएको बताउदै हिउँदे अधिवेशनमा समसामयिक राजनीतिमा उठिरहेका विषयवस्तुको बारेमा पनि संसदमा छलफल भएको बताएका छन् । ०७९ पछि बनेको प्रतिनिधि सभामा परिपक्वता, सहिष्णुताको अभाव खड्किएको बताए ।


प्रकाशित मिति: १९ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?