Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

हिउँदे अधिवेशन विधायिकी कामको हिसावले सफल : योगेश भट्टराई


काठमाडौँ। नेकपा एमालेका सचिव योगेश भट्टराईले हिउँदे अधिवेशन विधायिकी कामको हिसावले सफल भएको बताएका छन् ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले हिउँदे अधिवेशनमा १३ वटा विधेयकहरु संसदले पास गरेको यो विगतको तुलनामा महत्वपूर्ण उपलब्धि रहेको बताएका छन् । उनले विधायिकी कामको हिसावले आलोचना गर्नुपर्ने ठाउँ नरहेको बताए । उनले सरकारले पनि केही महत्वपूर्ण विधेयकहरु हिउँदे अधिवेशनमा प्रश्तुत गरेको र महत्वपूर्ण रहेको बताएका छन् ।

सचिव भट्टराईले भने, ‘यो हिउँदे अधिवेशनमा १३ वटा विधेयकहरु संसदले पास गरेको छ । विगतको तुलनामा यो धेरै नै महत्वपूर्ण उपलब्धि हो । संसद आज चल्न पाएको भए थप दुई वटा विधेयक पनि पास हुन्थे । विधायिकी कामको हिसावले त्यति आलोचना गर्नुपर्ने ठाउँ छैन । यो बीचमा समितिले पनि पर्याप्त मात्रामा बैठकहरु गर्नुभयो । त्यस कारणले नै यो सम्भव भएको हो । सरकारले पनि केही महत्वपूर्ण विधेयकहरु यो हिउँदे अधिवेशनमा प्रश्तुत गरेको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरी बलको सम्बन्धमा बनेको ऐनलाई विधेयकको रुपमा ल्याएको छ । नागरिकता संशोधन विधेयक ल्याएको छ । नागरिक उड्डयन प्राधिकरण र हवाई उड्डयन प्राधिकरण सम्बन्धी दुई वटा विधेयकहरु जो दशकौंदेखि यो कानून बन्नुपर्छ भनेर आवाज उठिरहेको तर कानून नबनेको हुनाले सरकारले यो विधेयक ल्याएको छ । यद्यपि म संस्कृति, पर्यटन भएको बेलामा पनि यो विधेयक राष्ट्रिय सभाबाट हामीले पारित गरिसकेका छौँ ।’

सचिव भट्टराईले प्रधानमन्त्रीले ४/४ पटक संसदलाई सम्बोधन गर्नु भनेको प्रधानमन्त्रीले संसदलाई विशेष महत्व दिएको पाएको बताउदै हिउँदे अधिवेशनमा समसामयिक राजनीतिमा उठिरहेका विषयवस्तुको बारेमा पनि संसदमा छलफल भएको बताएका छन् । ०७९ पछि बनेको प्रतिनिधि सभामा परिपक्वता, सहिष्णुताको अभाव खड्किएको बताए ।


प्रकाशित मिति: १९ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?