Trending
>>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस् >>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

सरकारको गतिमा सबैको चित्त बुझेको छैन, गेयर बदल्नुपर्यो : सांसद खतिवडा


काठमाडौँ। नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सरकारले सबैको चित्त बुझाउन नसकेको भन्दै गेयर बढाउनुपर्ने बताएका छन् ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खतिवडाले सधैं निराशा र कुण्ठित अभिव्यक्ति दिएर मात्र मुलुक नबन्ने बताएका छन् । सरकारले आशाका किरणहरु दिन नसकेको आशय व्यक्त गर्दै उनले संसदको हिउँदे अधिवेशन कानून निर्माणमा केही हदसम्म सफल भएको समेत बताएका छन् । उनले संसद अवरुद्ध पारेर बन्धक बनाउने परिपाटी केही हदसम्म कम भएको पनि बताए । उनले आफू हिन्दु धर्म मान्ने भएपनि सबैलाई अट्ने र सबैलाई समेट्ने राज्य बनाउन जरुरी रहेको समेत बताएका छ्न ।

उनले भने, ‘सधैं निराशा र कुण्ठित अभिव्यक्तिले मात्रै मुलुक बन्दैन । आशाका किरणहरु दिन सफल हुनुपर्छ । अहिले सरकार जुन गतिमा गएको छ त्यसमा सबैको चित्त बुझेको छैन । अब गेयर परिवर्तन गर्नुपर्यो । जुन गेयर छ त्योभन्दा माथि गेयरमा जानुप¥यो। म आफू पनि हिन्दु धर्म मान्छु । सबै अट्ने नेपाल बनाउनुपर्छ, सबैलाई समेट्ने नेपाल बनाउनुपर्छ । म त्यो पक्षमा छु ।’

उनले राजावादी समूह सक्रिय भएको उल्लेख गर्दै कोही आवेगमा आउँदैमा सबैले त्यसैगरी अगाडि बढ्न नहुने बताएका छन् ।


प्रकाशित मिति: १९ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?