Trending
>>   कुकिवन तेक्वान्दो च्याम्पियनसिप हुने >>   एकनाले भरूवा बन्दुक सहित दुई जना पक्राउ >>   नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईं नियुक्त >>   लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कौं : अर्थमन्त्री पौडेल >>   राजावादी समूहको प्रदर्शनमा सहभागि नहुन सरकारको अपिल >>   वीरगञ्ज बालसुधार गृहको तनावः अनुगमन भन्दै महिनामा ७ पटकसम्म पुगेपछि आक्रोशित >>   यी हुन् काँग्रेस सभापति देउवासहित प्रतिनिधि सभामा धेरै गयल हुने सात सांसदहरु >>   हिउँदे अधिवेशन विधायिकी कामको हिसावले सफल : योगेश भट्टराई >>   हिउँदे अधिवेशनले विधायनको क्षेत्रमा प्रभावकारी काम गर्न सकेनः सांसद केसी >>   सरकारको गतिमा सबैको चित्त बुझेको छैन, गेयर बदल्नुपर्यो : सांसद खतिवडा
Logo
१९ चैत्र २०८१, मंगलवार
१९ चैत्र २०८१, मंगलवार

राजावादी समूहको आगजनी र तोडफोडविरुद्ध नेकपा एसले देशव्यापी प्रदर्शन गर्ने


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले राजावादी समूहले प्रदर्शनको क्रममा गरेको निजी तथा सार्वजनिक सम्पतीमा आगजनी, तोडफोड लगायतका कार्यप्रति निन्दा व्यक्त गर्दै चैत २५ गतेभित्र देशभर भण्डाफोर र प्रदर्शन गर्ने निर्णय गरेको छ ।

शनिवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टी स्थायी कमिटीको बैठकले राजावादी समूहले प्रदर्शनको क्रममा गरेको अराजकताप्रति देशव्यावपी रुपमा भण्डाफो र विरोध गर्ने निर्णय गरेको हो । आईतवार पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टी केन्द्रिय प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रकाश ज्वालाले राजावादी प्रदर्शनका नाममा भएको हत्या, हिंसा, आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूलाई तत्काल कडाभन्दा कडा कानूनी कारबाही माग गर्ने निर्णय भएको समेत जानकारी दिएका छन् । उनकाअनुसार बैठकले अराजकतावादीहरूको प्रदर्शनमा उचित ढंगले सुरक्षाकर्मी परिचालन गरेर हत्या, हिंसा, आगजनी, तोडफोड, लुटपाट नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम गर्न नसक्नु सरकारको असक्षमता र कमजोरी भएको ठहर गरेको छ । उनले प्रदर्शनका क्रममा मृत्यु भएकाहरुको परिवारलाई उचित क्षतिपूर्ति दिन माग समेत गरेका छन् । उनले सञ्चार गृहमाथि आक्रमण गरेर प्रस स्वतन्त्रता कुण्ठित गर्ने दुष्प्र्रयास गरिएको भन्दै उक्त आक्रमणप्रति पार्टीले निन्दा व्यक्त गरेको बताए।

बैठकका निर्णय सुनाउँदै उनले भने, ‘हाम्रो पार्टी नेकपा (एकिकृत समाजवादी)को काठमाडौं आलोकनगरस्थित केन्द्रिय कार्यालय र काठमाडौँ जिल्ला कार्यालय तथा पार्टी अध्यक्ष कमरेड माधवकुमार नेपालको निवास लगायतका स्थानमा भएको ढुंगामुडा, तोडफोड र आगजनी विरूद्ध यही चैत्र २५ गतेभित्र सबै प्रदेश, जिल्ला, स्थानीय कमिटी र जनसंगठनहरुले सम्बन्धित तहमा देशैव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरिएको छ ।’

सरकारले उचित सुरक्षा व्यवस्थापन गर्न नसकेको कारण भौतिक क्षति भएको समेत पार्टीको ठहर गरेको छ।


प्रकाशित मिति: १७ चैत्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?