Trending
>>   कुकिवन तेक्वान्दो च्याम्पियनसिप हुने >>   एकनाले भरूवा बन्दुक सहित दुई जना पक्राउ >>   नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईं नियुक्त >>   लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कौं : अर्थमन्त्री पौडेल >>   राजावादी समूहको प्रदर्शनमा सहभागि नहुन सरकारको अपिल >>   वीरगञ्ज बालसुधार गृहको तनावः अनुगमन भन्दै महिनामा ७ पटकसम्म पुगेपछि आक्रोशित >>   यी हुन् काँग्रेस सभापति देउवासहित प्रतिनिधि सभामा धेरै गयल हुने सात सांसदहरु >>   हिउँदे अधिवेशन विधायिकी कामको हिसावले सफल : योगेश भट्टराई >>   हिउँदे अधिवेशनले विधायनको क्षेत्रमा प्रभावकारी काम गर्न सकेनः सांसद केसी >>   सरकारको गतिमा सबैको चित्त बुझेको छैन, गेयर बदल्नुपर्यो : सांसद खतिवडा
Logo
१९ चैत्र २०८१, मंगलवार
१९ चैत्र २०८१, मंगलवार

डा. बरालले उपकुलपतिबाट किन राजीनामा दिनुभयो भन्ने औपचारिक जानकारी मैले पाएको छैनः मन्त्री भट्टराई


काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केशरजंग बरालले किन राजीनामा दिएको भन्ने बारेमा आफूलाई जानकारी नरहेको बताएकी छिन ।

आईतवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस विषयमा आफू अनविज्ञ रहेको बताएकी छिन् । आफूले पनि सञ्चारमाध्यमबाट नै राजीनामाको जानकारी पाएको बताइन् । उनले शनिवार बिदा परेकाले आफूसमक्ष सो जानकारी नआएको र आजसम्म आउने विश्वास व्यक्त गरिन् । किन राजीनामा दिनुभएको हो भन्नेबारेमा औपचारिक जानकारी नरहेकाले औपचारिक तवरबाट जानकारी पाएपछि मात्रै समितिलाई जानकारी गराउने प्रतिवद्धता जनाएकी छिन् ।

मन्त्री भट्टराईले भनिन्, ‘हिजो बिदाको दिन भयो । त्यसकारण आजसम्ममा थाहा हुन्छ । त्यसपछि हामी जानकारी गराउनेछौँ । समितिलाई जानकारी गराउनेछौँ । जसरी यहाँहरुले मिडियामार्फत थाहा पाउनुभयो, मेरो पनि श्रोत त्यही नै हो । किनभने उपकुलपतिले बुझाउनका लागि शिक्षा मन्त्रालय आउन बिदा भयो हिजो । त्यसकारण आज दिउँसोसम्म थाहा होला । मैले अनौपचारिक जानकारी लिने एउटा पक्ष रह्यो । तर मैले विश्वविद्यालयमै जानकारी लिनेकुरा रहन्छ । सहकुलपतिले निर्देशन दिनसक्ने भन्ने मात्रै हो । अरु कुराको सबै जानकारी लिने मात्रै हो । जानकारी अनौपचारिक हिसवाले लिन पाइयो । तर औपचारिक हिसावले कुनैपनि जानकारी हामीसमक्ष नआइपुगेको हुँदा यो बैठकमा जानकारी गराउन सक्दिन । अर्को बैठकमा सबैकुरा बुझेर आइसकेपछि यहाँहरुलाई पुनः जानकारी गरोन प्रतिवद्धता जनाउँछु ।’

उपकुलपति प्रा.डा. बरालले शनिवार विश्वविद्यालयको उपकुलपतिबाट बिरामीको कारण देखाउँदै राजीनामा दिएका हुन्।


प्रकाशित मिति: १७ चैत्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?