Trending
>>   कुकिवन तेक्वान्दो च्याम्पियनसिप हुने >>   एकनाले भरूवा बन्दुक सहित दुई जना पक्राउ >>   नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईं नियुक्त >>   लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कौं : अर्थमन्त्री पौडेल >>   राजावादी समूहको प्रदर्शनमा सहभागि नहुन सरकारको अपिल >>   वीरगञ्ज बालसुधार गृहको तनावः अनुगमन भन्दै महिनामा ७ पटकसम्म पुगेपछि आक्रोशित >>   यी हुन् काँग्रेस सभापति देउवासहित प्रतिनिधि सभामा धेरै गयल हुने सात सांसदहरु >>   हिउँदे अधिवेशन विधायिकी कामको हिसावले सफल : योगेश भट्टराई >>   हिउँदे अधिवेशनले विधायनको क्षेत्रमा प्रभावकारी काम गर्न सकेनः सांसद केसी >>   सरकारको गतिमा सबैको चित्त बुझेको छैन, गेयर बदल्नुपर्यो : सांसद खतिवडा
Logo
१९ चैत्र २०८१, मंगलवार
१९ चैत्र २०८१, मंगलवार

तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजाले लिनुपर्छः काँग्रेस


काठमाडौँ। नेपाली काँग्रेसले तीनकुनेमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निस्कर्ष निकालेको छ ।

शनिवार पार्टीको पदाधिकारी बैठकको निर्णयका बारेमा जानकारी दिँदै प्रवक्ता डा. प्रकाशशरण महतले उक्त घटना पूर्वराजाकै निर्देशनमा भएकाले घटनाको जिम्मेवारी पनि उनले नै लिनुपर्ने निस्कर्ष निकालेको बताएका छन् । उनले पूर्वराजाको आयोजनामा समिति गठन गरेर घटना गराइएकाले यस्को जिम्मेवारी पनि पूर्वराजाले नै लिनुपर्ने बताए । उनले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्ने भनिए पनि उनीहरुले तोडफोड र हिंसात्मक गतिविधि गरेर अराजकता सिर्जना गरेको आरोप लगाउदै प्रदर्शनकारीले सुनियोजित रुपमा अराजकता सिर्जना गरेर सत्ता कब्जा गर्ने रणनीति लिएको उनले दाबी गरेका छन् ।

उनले भने, ‘एउटा निरंकुष शासनतर्फ लाने मनसायका साथ यो घटना घटेको छ । सिधै यहाँ यहाँ आक्रमण गर्ने भनेर त्यहाँ घोषणा भएको छ । ठूलो निजी सम्पती र सार्वजनिक सम्पतीको क्षति भएको छ । दुई जना व्यक्तिको मृत्यु भएको छ । अन्य कयौँ घाइते भएका छन् । यसको सम्पूर्ण जिम्मेवारी पूर्वराजा जस्को आयोजनमा समिति गठन भयो र त्यसले त्यो अयोजना गर्यो, सिधै जुन शान्तिपूर्ण तरिकाबाट प्रश्तुत हुन्छौँ भनेका थिए त्यसको विपरित तोडफोड आगजनी गरेर एउटा असुरक्षा र अराजकताको परिस्थिति निर्माण गर्ने र त्यो परिस्थितिबाट फाइदा उठाउँदै सत्ता कब्जा गर्ने जुन मनसायले जाने उहाँहरुको लक्ष्य देखियो जस्को जिम्मेबारी उहाँले लिनुपर्छ भन्ने बैठकको निस्कर्ष निकालेको छ ।’

प्रवक्ता महतले जनधनको क्षति पुर्याउने गतिविधिमा संलग्न सबैलाई कानून बमोजिम कारबाही हुनुपर्छ भन्ने पार्टीको निस्कर्ष रहेको बताए ।


प्रकाशित मिति: १७ चैत्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?