Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

नवौं भक्तपुर औद्योगिक महोत्सव हुँदै


भक्तपुर। नवौं भक्तपुर औद्योगिक, सांस्कृतिक पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१÷२०८२ चैत्र २८ गतेदेखि शुरु हुने भएको छ ।

बिहीवार महोत्सव आयोजक समितिले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । मेला चैत्र २८ गतेदेखि वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव भक्तपुरको सल्लाघारीको तीनकुनेस्थित खुला चौरमा हुने आयोजकले बताएको छ ।

महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामग्रीहरु, खाद्यान्नका सामग्रीहरु, भाँडाकुँडाकासाथै विभिन्न प्रकारका लत्ता कपडा, जुत्ताहरु राखिने बताइएको छ । हस्तकलाका सामग्रीका साथै औद्योगिक उत्पादनका प्रदर्शनी, अटो मोबाइल, आधुनिक कृषि औजार सामग्रीहरु विक्रीका लागि राखिने आयोजकको भनाइ छ । मेलामा विक्री गरिने सामग्रीहरुमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको र १ सय ५० वटा स्टल रहने बतााइएको छ । करिव ५ लाख बढीले महोत्सवको अवलोकन गर्ने आयोजकको विश्वास छ ।

महोत्सवमा ५० र ८० रुपैयाँको प्रवेश शुल्क रहने र विद्यार्थी र ज्येष्ठ नागरिकलाई विशेष छुटको व्यवस्था रहेको पनि आयोजकको भनाइ छ ।


प्रकाशित मिति: १४ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?