Trending
>>   तीनकुने घटनाको सत्यतथ्य छानविन गरी दोषिउपर कारबाही गर्न सांसदहरुको माग >>   अत्याधुनिक प्रविधिद्वारा अघि बढेको जडीबुटी कम्पनी राजवादीको निशानामा >>   संसद अवरुद्ध गरेर प्रतिपक्षी संसद सञ्चालनको विरुद्धमा गयोः रामहरि खतिवडा >>   प्रधानमन्त्री संसदप्रति गैरजिम्मेवार बनेको सांसद सापकोटाको आरोप >>   राजावादीहरु कहिले जुलुस निस्केला र लुट्न पाइएला भनेर बसेको देखियो :सांसद मोहन बस्नेत >>   जनकपुरमा हत्याको बिरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप >>   राजावादीहरु मुलुकलाई जबरजस्ती कब्जा गर्ने मानसिकतामा छन्ः सांसद महत >>   राजावादी समूहको आगजनी र तोडफोडविरुद्ध नेकपा एसले देशव्यापी प्रदर्शन गर्ने >>   आगजनीबाट क्षतिग्रस्त जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र (तस्बिरहरु) >>   डा. बरालले उपकुलपतिबाट किन राजीनामा दिनुभयो भन्ने औपचारिक जानकारी मैले पाएको छैनः मन्त्री भट्टराई
Logo
१७ चैत्र २०८१, आईतवार
१७ चैत्र २०८१, आईतवार

नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ फिर्ता लिन माग गर्दै प्रदर्शन


काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक , २०८१ फिर्ता गर्न माग गर्दै बिरोध प्रदर्शन भएको छ ।

बुधवार काठमाडौंको सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रधान कार्यालय अगाडि आधिकारिक ट्रेड युनियन, नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरुले बिरोध प्रदर्शन गरेका हुन् । उनीहरुले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ तत्काल फिर्ता गर्न माग गरेका छन् । हवाई क्षेत्रमाथि निजीकरण हुन लागेको भन्दै हवाई क्षेत्र निजीकरण तत्काल बन्द हुनुपर्ने माग रहेको छ ।

प्रदर्शनकारीहरुले हवाई माफियाहरु होशियार,नागरिक उड्डयन प्राधिकरण विभाजन गर्ने राष्ट्रघाती विधेयक फिर्ता गर, हवाई क्षेत्रमाथि हुन लागेको निजीकरण बन्द गर, विधेयकमाथि विधेयक लाद्ने श्रृंखलाको अन्त्य गरौँ लगायतका प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरेका हुन् ।


प्रकाशित मिति: १३ चैत्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?